Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुको बिचल्ली 

कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुको बिचल्ली 

सिआईएन

१३, कार्तिक २०७७
कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुको बिचल्ली 
images

काठमाण्डौ, १३ कार्तिक । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीका अनुसार कोरोनाले निम्त्याएको परिस्थितिका कारण वैदेशिक रोजगारीमा गएका सबा लाख भन्दा बढी नेपाली स्वदेश फर्किसकेका छन्। उनिहरु नेपाल त फर्किए, तर कसरी जिविकोपार्जन गर्ने भन्ने चिन्ता उनिहरुमा छ। 
अछामको तुर्माखाँद गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बेरोजगार व्यक्तिको तथ्याङ्क संकलन गर्दा ६ हजारले निवेदन दिएका थिए। कोभिड–१९ को महामारीका बीचमा भारत र तेस्रो मुलुकबाट भित्रिनेको सङ्ख्या पनि धेरै छ। उनीहरुलाई रोजगारी दिने गाउँपालिकाले भने सिप विकाससँग जोडिएका रोजगारीका कार्यक्रम ल्याउने तयारी गरेको छ।
करिव एक महिना अघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न ६ वटा निर्णय ग¥यो। जसको निर्णय नम्बर ३ मा, रोजगारीको हक सम्बन्धी नियमावली, २०७५ मा भएको व्यवस्था अनुसार प्रदेश र स्थानीय तहका निर्देशक समितिको बैठक यथाशिघ्र राखी आन्तरिक रोजगारी पबद्र्धन गर्ने कार्यमा तदारुकताका साथ लाग्न प्रदेश र स्थानीय तहलाई भनिएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वरराय यादवले रोजगारीको अवसर सिर्जना गर्नका लागि समिति गठन गरिने र उनीहरुले केन्द्रीकृत गरि रोजगारीमा लगाउने बताउनुभयो। संघीय सरकारले निर्देशन दिएसँगै प्रदेश सरकारले पनि काम अघि बढाइसकेका छन्। अन्य प्रदेशभन्दा बढी बैदेशिक रोजगारीमा जाने प्रदेश दुईमा कोरोना महामारी पछि फर्किने युवाको सङ्ख्या पनि धेरै छ। तर अहिलेसम्म उनीहरुलाई रोजगारी दिने गरी प्रदेश सरकारले प्रकृया अघि बढाएको छैन। 
प्रदेश दुईका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले सिटिइभीटि कार्यक्रम अन्तर्गत रोजगारीमा लगाउने र कृषिमा आधारित रोजगारीका कार्यक्रमका लागि पनि तयारी भइरहेको बताउनुभयो। बैदेशिक रोजगारीका गएका ४० लाख भन्दा बढी नेपाली मध्य कोरोनाको महामारीकै बीचमा १ लाख २३ हजार ४ सय १२ जना नेपाल फर्किसकेका छन्। एकिन तथ्यांक नभए पनि भारतबाट अहिलेसम्म ९ लाख जति नेपाली फर्किएको अनुमान छ। उनीहरुमध्ये आधा जति नेपालमा काम पाउने सम्भावना नदेखेपछि, कोरोना महामारीबीचमा जोखिम मोलेरै भारत तिर लागेका छन्। 

images
images

images
प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - ०९:१८:५९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology