गोरखा, १३ कार्तिक
आज (बिहिवार) एकै दिन गोरखाका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गोरखा नगरपालिकामा १२ जना, पालुङटार नगरपालिकामा ९ र अजिरकोट गाउँपालिकामा ६ जनालाई कोरोना पुष्टि भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता बिनोदबिन्दु शर्माले बताए ।
गोरखा नगरपालिकाको बिभिन्न वडामा गरी पाँच जना महिला र सात जना पुरुष रहेका छन् । वडा नम्बर १ मा ३८ वर्षिय पुरुष, ६ मा ८०, ४० वर्षका दुई महिला र २२ वर्षका एक पुरुष छन् ।
८ मा ४० वर्षका एक पुरुष, १० मा ३८ वर्षकी महिला र १६ वर्षका पुरुषलाई कोरोना पोजेटिभ देखिएको हो । १२ मा २१, २२ वर्षकी महिला र २७ वर्षको पूरष, १३ मा ३८ वर्षका एक पुरुषको पिसिआर रिपोर्ट बिहिवार पोजेटिभ आएको गोरखा नगरपालिकाका जनस्वास्थ्य अधिकृत इश्वर रेग्मीले बताए ।
यस्तै पालुङटार नगरपालिका १ मा २९ वर्षिय महिला, ३ मा ४५ वर्षिय पुरुष, ५ मा १९, ४१ वर्षिया महिला र १८ र २२ वर्षिय पुरुष, ९ मा ४२ र १७ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
अजिरकोट गाउँपालिका ३ मा २३,२४,२७,३९, ४० वर्षका पुरुष र वडा नम्बर ४ मा ४५ वर्षिय पुरुष लाई कोरोना पुष्टि भएको हो ।