भरतपुर, १३ कार्तिक
चितवनको भरतपुर महानगरपालिका १५ फुबारीमा इलाका प्रहरी कार्यालय फुलबारीको कार्यालय स्थापना भएको छ। कार्यालयको आज बिहिबार एक कार्यक्रमका बिच समुद्घाटन समेत गरिएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा भरतपुर महानगरका उपप्रमुख पार्वती शाह ठकुरी, गृहमन्त्रीका राजनैतिक सल्लाहकार सुर्य सुवेदी, बागमति प्रदेश प्रहरी प्रमुख पहरी नायव महानिरीक्षक बसन्त कुमार लामा तथा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका स्थानीय जनप्रतिनिधहरु, स्थानीय समाजसेवीहरु लगायतको सहभागिता रहेको थियो।

तत्कालका लागि फुलबारी स्वास्थ्य चौकीको पुरानो भवनबाट सेवा प्रवाह गर्ने गरी कार्यालय स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। नवस्थापित कार्यालयमा प्रहरी निरीक्षकको कमाण्डमा आजै देखी प्रहरी टोली परिचालित भई प्रहरी सेवा प्रारम्भ गरिएको पनि प्रहरीले जानकारी दिएको हो।