Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नईले कोलकतालाई हरायो

इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नईले कोलकतालाई हरायो

इच्छाकामना न्युज

१४, कार्तिक २०७७
इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्नईले कोलकतालाई हरायो

काठमाण्डौं, १४ कार्तिक
दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत ४९ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकोता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ ।

images

यूएईमा राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले कोलकता नाइट राइडर्सलाई हराएसँगै मुम्बई प्ले अफमा पुगेको हो । चेन्नईले कोलकतालाई ६ विकेटले पराजित गरेको हो । कोलकताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।
तालिकाको पुछारमा रहेको चेन्नईले कोलकतालाई हराएपछि शीर्ष स्थानको मुम्बई प्ले अफ पुग्ने पहिलो टिम बनेको हो । मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । मुम्बई तालिकाको शीर्ष स्थानमा रहेको छ । अब बाँकी रहेका २ खेल गुमाए पनि मुम्बई शीर्ष चारमा रहनेछ ।
तालिकाको दोस्रो स्थानको रोयल च्यालेन्जर्स बेङ्ग्लोर र तेस्रो स्थानको दिल्ली क्यापिटल्सले १२ खेलमा १४ अंक जोडेका छन् । यस्तै चौंथो स्थानको किङ्ग्स इलाभेन पन्जाब र पाँचौ स्थानमा रहेको कोलकताको समेत सम्भावना छ । पन्जाब र कोलकताले १२ खेलमा समान १२/१२ अंक जोडेका छन् ।
सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको पनि प्ले अफमा पुग्ने सम्भावना रहेको छ । दुबैले १०/१० अंक जोडेका छन् । चेन्नई आईपीएलमा पहिलो पटक प्ले अफ पुग्न नसकेको हो । यूएईमा आईपीएलको १३ औं संस्करण चलिरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - ०७:४८:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology