Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवनमा ठुलो परिमाणमा भारतबाट अवैध रुपमा ल्याएको धानको बिउ नष्ट गरियो, पाँच एग्रोभेटलाई कारबाही

चितवनमा ठुलो परिमाणमा भारतबाट अवैध रुपमा ल्याएको धानको बिउ नष्ट गरियो, पाँच एग्रोभेटलाई कारबाही

इच्छाकामना न्युज

६, आषाढ २०७८
चितवनमा ठुलो परिमाणमा भारतबाट अवैध रुपमा ल्याएको धानको बिउ नष्ट गरियो, पाँच एग्रोभेटलाई कारबाही

चितवन, ६ असार । चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आज (आइतबार) खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र चितवनले भारतबाट अबैधरुपमा भित्रएको ‘गोरखनाथ ५०९’ जातको १५९ बोरा ४ केजी बिउ जेठ ४ गते नारायणगढ र नवलपुरबाट नियन्त्रणमा लिइएको थियो।

images

३३ केजी नमूनाको रुपमा राखेर बाँकी नष्ट गरिएको केन्द्रका बाली निरीक्षक मीनबहादुर पुनले बताए। भारतीय उत्पादनकारुपमा रहेका यो जातको धानको बिउलाई गत वर्षमात्रै राष्ट्रिय बिउविजन समितिले नेपालका लागि उपयुक्त बिउको सूचीबाट हटाएको थियो।

बिराटनगरको कोशी अग्र्यानिक मलले स्वस्तिका ट्रान्सपोर्ट प्रालिमार्फत चितवन पठाएको बिउ किसानले दिएको सूचनाको आधारमा ज्ञान केन्द्रले नियन्त्रणमा लिएको थियो। उक्त ट्रान्सपोर्टको चितवन शाखामा छापामार्दा ५० बोरा बीउ भेटेपछि खोज्दै जाँदा नवलपुरको रजहरबाट थप १०९ बोरा बीउसहितको ट्रक समातिएको थियो।

चितवनमा साझा एग्रोभेट सेवा टाँडीले २०, चितवन भेट फर्मा टाँडी, विनिता एग्रो सेन्टर अमृतचोक, एभरेष्ट एग्रो इन्टरनेशनल नारायणगढ र प्रसान्त एग्रोभेट खुरखुरेले १०/१० किलो बिउ मगाएका थिए।

१०९ बोरा बिउ रुपन्देही र दाङका लागि थिए। बिउ मगाउने चितवनका एग्रोभेटहरुलाई १०/१० हजार रुपैयाँ जरिबाना लगाइएको छ। उनीहरुलाई आइन्दा पुन: सोही काम दोहोर्‍याए थप कारबाही गर्ने चेताबनी दिइएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताए। अन्य जिल्लाको हकमा सम्बन्धित कार्यालयमा कारबाहीका लागि सिफारिस गरिएको उनले बताए।

images
प्रकाशित मिति :आषाढ ६, २०७८ आइतवार - २२:४८:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology