तनहुँ, १४ कार्तिक
शुक्रबार बिहानै गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप ९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य निर्देशानालया गण्डकी प्रदेशले आज बिहान ३ वटा विज्ञप्ति जारी गरेर ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो।
निर्देशनालयको विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखराका ६० जना लमजुङका २, तनहुँका ८, गोरखाका२, स्याङ्गजाका ३, पर्वतका १ र पूर्वी नवलपरासीका २२ गरी प्रदेशभर ९८ जनामा कोरोना पुष्टि भएको निर्देशनालयका प्रमुख डा। विनोद विन्दु शर्माले जानकारी दिनुभयो । यो संगै, गण्डकीमा कोरोना संक्रमित कूल संख्या ७ हजार १ सय ४५ जना पुगेको छ ।