Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तनहुँको प्रहरी प्रमुख फेरियो, पौडेल जादै मैनाली आउदै

तनहुँको प्रहरी प्रमुख फेरियो, पौडेल जादै मैनाली आउदै

इच्छाकामना न्युज

९, आषाढ २०७८
तनहुँको प्रहरी प्रमुख फेरियो, पौडेल जादै मैनाली आउदै
images

तनहुँ, ९ असार । प्रहरी प्रधान कार्यालयले एकै साथ देशका ५२ प्रहरी उपरीक्षकको सरुवा भएसँगै तनहुँको प्रहरी नेतृत्व पनि फेरिएको छ ।

images
images

तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेल गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएका छन् । उनको ठाउँमा बागमती प्रदेश कार्यालय हेटौंडामा कार्यरत दिनेशराज मैनाली तनहुँको प्रहरी प्रमुखका रुपमा आउँदैछन् ।

झण्डै दुई वर्षे कार्यकाल सकेर पौडेल सरुवा रहँदा केही मिश्रित अनुभव रह्यो । अदालतबाट फरार अपराधीको पक्राउमा पौडेलको नेतृत्व महत्वपूर्ण सावित भए पनि प्रहरी नियन्त्रणमा रहेका भनिएका व्यक्तिको आत्महत्या तथा केही राजनैतिक विवादका घटनामा उनको आलोचनमा भयो ।

तर पनि पछिल्लो समय उनको नेतृत्व पुरानो दाग मेट्न सक्रिय रह्यो । पौडेलको नेतृत्व आपराधि अनुसन्धानमा भने अब्बल पाइएको थियो ।

अब उनको ठाउँमा आउने मैनालीको कार्यकाल कस्तो रहन्छ धेरैको चासो छ । यस अघि प्रदेश प्रहरी कार्यालय जानु अघि केही जिल्लाको नेतृत्व समेत लिइसकेका मैनालीले उच्च राजनैतिक दबाबयुक्त तनहुँमा काम गर्दा सन्तुलन मिलाउनुपर्ने चुनौती छ ।

images
प्रकाशित मिति :आषाढ ९, २०७८ बुधवार - ०८:४१:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology