करिश्मा गुरुङ
देवघाट, १२ असार । तनहुँको देवघाट गाउँपालिका विकासको क्रममा धेरै अघि बढेता पनि कोभिड –१९ महामारीको समयमा शुद्ध पिउने पानीको अभावले धेरै दुः ख खेप्नु परेको जनगुनासो आएको छ । महामारीको समय सँगसँगै यहाँ अर्को समस्य पनि उत्पन्न भएको भनेर स्थानीयवासिहरू चिन्तित छन् ।
महामारीको समयमा बाहिर हिडडुल गर्न समेत डर लाग्ने अवस्थामा पनि असहज तरिकाले शुद्ध पिउने पानी लिनको लागि देवघाटको झलुङ्गे पुलमा रहेको पुरानो ढुङ्गेधारामा पानी भर्न जाने गरेका छन् ।
देवघाटका आम नागरिकहरूले आजभन्दा धेरै वर्ष पहिले देखि नै यस ढुङ्गेधाराको पानी खाँदै आइरहेका छन् । देवघाट पुलको मुखमा घर हुनेहरूलाई त यस महामारीको समयमा पनि कुनै समस्या भएन तर देवपुर, सारूटोल, टउनचोक वरिपरि र अन्य ठाउँका नागरिकहरूले सधैं डोकोमा बोकेर कसरी जीवन गुजार्ने भन्ने स्थानीयवासिहरूको चिन्ता रहेको छ ।
कोरोना महामारीको समय लगत्तै जताततै बाढीपहिरो जाने, पानीका मुहानहरू पुरिने, भएका पाइपहरू फुट्ने जस्ता समस्याले दिनानुदिन आफ्नै धारामा आउने पानी रोकिए पश्चात् वृद्धआमाहरू बढी चिन्तित देखिन थालेका छन् ।
र सोही समस्यालाई मध्यनजर गर्दै अहिले मात्रै हैनन् आउदो वर्षहरूमा पनि यस्तै समस्य नदोहोरिउन भनेर देवघाट गाउँपालिका वडा न.५ पर्ने गणेश टोल विकास संस्था अन्तरगत पुलको मुखमा रहेको ढुङ्गेधारालाई कसरी व्यवस्थित गर्न सकिन्छ भनि शुक्रबारका दिन वडा नम्बर ५ का वडाध्यक्ष यालवहादुर गुरूङको प्रमुख अतिथ्यमा भेला गराइ विभिन्न प्रस्तावहरूमाथि छलफल गर्दै निर्णय गरिएको सोही टोलका नागरिक अमृत घिमिरेले जानकारी दिएका थिए ।
विगत लगभग ४० वर्ष भन्दा पहिलेदेखि दिनरात निरन्तर बगिरहेको पानीलाई व्यवस्थित गरेर ५०० घरधुरीलाई पुग्ने गरि शुद्ध पिउने पानी उपलब्ध गराउने उद्वेश्यले ७ सदस्यीय समिति गठन गरिएको युवा नेता एवं सोही टोलका नागरिक सान श्रेष्ठले बताएका हुन् । अहिलेको यो समयमा पानीको जटिल समस्या रहेकोले एक बुदे प्रस्ताव पेस गरेको श्रेष्ठले बताए ।
देवघाट गाउँपालिकाको नारा एक घर एक धारा भन्ने मुल नारालाई आत्मासाथ गर्दै त्यसलाई साकार पार्न र देवघाटवासिहरूको हरेकको घरघरमा पानी पुर्याउनको लागि आफ्नो तर्फबाट आफुले सक्ने सहयोग सदैब गर्ने प्रतिबद्धता गरेका छन् ।
देवघाट गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष यालवहादुर गुरूङले कार्यकाल ४ वर्ष भैसक्दा पनि शुद्ध खानेपानीको राम्रो तरिकाले व्यवस्थित गर्न नसकेको बताउदैँ आगामी आर्थिक वर्ष २०७८/०७९ को गाउँपालिकाको नीति तथा कार्यक्रम पास भैसकेको र त्यसमा नसमेटिएका योजनाहरू वडाको योजनामा समेटेर कार्यलाई अघि बढाउने बताएका छन् ।
गुरूङले मानव जाति बाँच्नका लागि पहिला पानी अत्यावश्यक हुने भएको हुदाँ आगमि दिनहरूमा पानीलाई पहिलो प्राथमिकता दिएर सम्बोधन गरिने बताएका छन् ।
ढुङ्गेधाराको पनि देवघाटमा रहेका अधिकांस खानेपानी भन्दा राम्रो भएकोले त्यसलाई नै व्यवस्थित गर्न खोजीएको गुरूङको भनाइ थियोे । देवघाट क्षेत्र विकास समितिका निवर्तमान अध्यक्ष शिवराज पौडेलले शुद्ध पिउने पानी देवघाटवासिहरूको लागि ढुङ्गेधाराको अति उत्तम हुने भएकोले त्यसलाई नै व्यवस्थित गर्न अति उत्तम रहेको बताउदैँ जिउनको लागि जलको सबैभन्दा ठुलो महत्त्व रहेकोले हुनाले पहिला पानीलाई प्राथमिकता दिएर अन्य क्षेत्र समेट्न स्थानीय सरकारलाई आग्रह गरेका छन् ।
पानीको क्षेत्रमा ब्राजिल पछिको दोस्रो धनी देश नेपाल र पनि पानी कै कारण समस्या छन् स्रोत र साधन धेरै भएतापनि त्यसलाई समाधान तर्फ अघि नबढेको कारण यस्ता समस्यहरू उत्पन्न भएको सोही टोलका युवा विश्वनाथ मिश्रले बताएका छन् ।
देवघाटमा अहिले मात्रै हैन पहिले पनि यस्तै समस्याहरू आइरहन्थ्यो समाधान गर्ने स्रोतहरू भएतापनि त्यसको व्यवस्थित हुन नसकेको वडा नम्बर ५ का वडा सदस्य भोजराज नैनावस्तिले बताए । उनले प्रकृतिले दिएको संरचनालाई बुझेर व्यवस्थापन गर्न सकियो भने भावि पुस्ताहरूले अहिलेको जस्तो समस्यासँग झेल्नु र भोग्नु नपर्ने बताएको थियो ।
यस्तै गणेश टोल एक व्यवसायी भुवन सिं गुरूङले युवाहरूले ल्याएको प्रस्तावको एकदम अति नै आवश्यक रहेको बताउदै धन्यवाद प्रकट गरे । उनले त्यस धाराको पानीलाई व्यवस्थित गर्न सकियो भने देवघाटवासिलाई अन्तको पानी ल्याउनै नपर्ने बताउदैँ यसको व्यवस्थापन गर्न आफुले पनि सक्दो सहयोग गर्ने समेत बताए ।
यो वर्ष देवघाटवासिहरू पानीको कारण समस्यामा रहेको बताउदैँ यही ढुङ्गेधाराको पानीलाई सदुपयोग गर्न सकियो भने पानीको समस्या समाधान गर्न सकिने उनले बताए ।
यसैबीच स्थानीय भवानी प्रसाद तिमिल्सिनाले देवघाटमा झन्डै २१ वर्ष पछि पानीको विषयमा छलफल भएको बताए । उनले आजभन्दा २१ वर्ष पहिले पनि यस पानीको विषयमा कुराकानी भएको बताउदै ढुङ्गेधारालाई नै आधार मानि व्यवस्थित गर्न सकियो भने देवघाटवासि पानीको हाहकारमा जीवन गुजार्न नपर्ने बताए ।