Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

गण्डकी सहित चार प्रदेशमा आज मौसम आंशिकदेखि सामान्य बद्ली हुने

गण्डकी सहित चार प्रदेशमा आज मौसम आंशिकदेखि सामान्य बद्ली हुने

इच्छाकामना न्युज

१६, कार्तिक २०७७
गण्डकी सहित चार प्रदेशमा आज मौसम आंशिकदेखि सामान्य बद्ली हुने
images

काठमाण्डौं, १६ कार्तिक
 गण्डकी सहित चार प्रदेशमा आज मौसम आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका छन्। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरि चार प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद्ले बताएका हुन्। 
स्थानीय वायुको प्रभावले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मन्जु वासीले जानकारी दिनुभयो । 
उहाँका अनुसार अरु प्रदेशको मौसम भने सामान्यतया सफा रहनेछ । यस्तै भोलि वाग्मती प्रदेशबाहेक अरु प्रदेशको मौसम आंशिकदेखि सामान्य बद्ली रहने तर पर्सि देशभरि नै आंशिकदेखि सामान्य बद्ली भएर पहाडी क्षेत्रको एकरदुई ठाउँमा पानी पर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल आउन थालेकाले पर्सिलाई फाट्टफुट्ट पानी पर्ने संभावना देखिएको उहाँको भनाइ छ। 

images
images

images
प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - ०८:३५:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology