काठमाण्डौं, १६ कार्तिक
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको ज्यान गएको छ। देशका विभिन्न अस्पतालमा पछिल्लो २४ घन्टामा मृत्यु भएका २३ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ६० पुगेको छ ।
त्यसै देशैभर थप २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ८ सय २४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ । संक्रमितमध्ये १ लाख ३४ हजार ८ सय ४२ जना कोरोना मुक्त भएका छन्।