Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आईपीएलमा कोलकताले राजस्थानलाई ६० रनले हरायो

आईपीएलमा कोलकताले राजस्थानलाई ६० रनले हरायो

इच्छाकामना न्युज

१७, कार्तिक २०७७
आईपीएलमा कोलकताले राजस्थानलाई ६० रनले हरायो

काठमाण्डौ, १७ कार्तिक
आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६० रनले हराएको छ।
यूएईमा गएराति भएको खेलमा कोलकता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको छ । 
टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो । 
१ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ३१ रन मात्रै बनाउन सक्यो । यो जितपछि कोलकता रन रेटका आधारमा शीर्ष चारमा पुगेको छ । अन्तिम खेलमा हैदराबाद पराजित भए कोलकताले प्लेअफमा स्थान बनाउनेछ । 

images

images
प्रकाशित मिति :कार्तिक १७, २०७७ सोमवार - ०७:४६:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology