Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

चितवनमा उपचाररत दुई जना कोरोना संक्रमितको ज्यान गयो

चितवनमा उपचाररत दुई जना कोरोना संक्रमितको ज्यान गयो

इच्छाकामना न्युज

१७, कार्तिक २०७७
चितवनमा उपचाररत दुई जना कोरोना संक्रमितको ज्यान गयो

चितवन, १७ कार्तिक
चितवनमा उपचाररत दुई जना कोरोना संक्रमितको ज्यान गएको छ। भरतपुर महानगरपालिका – १० का ७९ वर्षीय एक पुरुष र धादिङ्ग निलकण्ठ नगरपालिका – ३ की ६१ वर्षीया महिलाको उपचारको क्रममा ज्यान गएको भरतपुर अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनु भएको छ।
भरतपुर– १० का ती पुरुष कार्तिक १६ गते कोभिड संक्रमण सहित श्वासप्रश्वाशमा समस्या भई आइसोलेसनमा भर्ना भएका थिए । कार्तिक १३ गते संक्रमण पुष्टि भएका ती पुरुषको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कोभिड आईसीयुमा राखेर उपचार गरिएको थियो।उपचारकै क्रममा  उनको बिहान ०१ः२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै धादिङ्गकी ती महिला कोभिड संक्रमण सहित श्वासप्रश्वाशमा समस्या भई कार्तिक ५ गते आइसोलेसनमा भर्ना भएकी थिईन् । सोही दिन नै संक्रमण पुष्टि भएकी ती महिलाको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कोभिड आईसीयुमा राखेर उपचार गरिएको थियो। उपचारकै क्रममा उनको बिहान ०२ः५५ बजे  मृत्यु भएको अस्पतालले जनाएको छ।

images

images
प्रकाशित मिति :कार्तिक १७, २०७७ सोमवार - ०८:३२:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology