Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रहरीलाई कुटपिट गरी घाईते बनाएको आरोपमा दिल्लीमा २ नेपाली पक्राउ

प्रहरीलाई कुटपिट गरी घाईते बनाएको आरोपमा दिल्लीमा २ नेपाली पक्राउ

इच्छाकामना न्युज

१५, आश्विन २०७७
प्रहरीलाई कुटपिट गरी घाईते बनाएको आरोपमा दिल्लीमा २ नेपाली पक्राउ

काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा २ जना नेपाली पक्राउ परेका छन् । ती दुई नेपालीले त्यहाँ बेसबलको ब्याटले एक अर्का व्यक्तिलाई कुटिरहेका बेला एक जना पुलिसकर्मीले उनीहरुलाई रोक्न खोज्दा उनीहरुले पुलिसलाई नै घाइते बनाएर भागेको समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इण्डियाले जनाएको छ । पक्राउ परेकाहरु ३० वर्षका बुद्धिमान लामा र २९ वर्षका रंगध्वज वाइवा भएको बताइएको छ ।

images

उनीहरु चिराग दिल्लीमा बस्दै आइरहेको पुलिसले जनाएको छ । गएको सेप्टेम्बर २५ मा मालवीय नगर पुलिस स्टेशनमा तैनाथ हेड कन्स्टेबल पवन कुमारले ती दुईजनाले शिवालिक रोडमा एक जनालाई बेसबल ब्याटले कुटिरहेको फेला पारेका थिए । कुमारले उनीहरुलाई रोकेपछि उनीहरु एउटा कारमा चढेर भागे । हेड कन्स्टेबल कुमारले उनीहरुलाई भेटेर ड्राइभरलाई समाते उनीहरुले त्यत्तिकै कार दौडाए र हेड कन्स्टेबल कुमार गाडीसँगै घिसारिँदै केही परसम्म पुगे ।

कुमारले कारमा समाइरहेको हात फुस्किएर खसेपछि उनीहरु कार लिएर भागेका थिए । कन्स्टेबल कुमारको बायाँ हात धेरै ठाउाबाट भाँचिएको र अन्य चोट समेत लागेको बताइएको छ । डिसीपी पुलिस (साउथ) अतुल कुमार ठाकुरका अनुसार उनीहरुसँग भेटिएका ५ वटा मोवाइल फोन र कार पुलिसले जफत गरेको छ ।

images
प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - ०७:५०:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology