Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

टोकियो ओलम्पिकमा कल्पनाको राष्ट्रिय किर्तिमान, जुडोमा सोनिया पराजित

टोकियो ओलम्पिकमा कल्पनाको राष्ट्रिय किर्तिमान, जुडोमा सोनिया पराजित

images

इच्छाकामना न्युज

९, श्रावण २०७८
टोकियो ओलम्पिकमा कल्पनाको राष्ट्रिय किर्तिमान, जुडोमा सोनिया पराजित
images

टोकियो ओलम्पिकमा सहभागि नेपालका कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । कल्पनाले सुटिङ्गमा महिला तर्फ छनोट चरण अन्तर्गत १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो ।

आसाका सुटिङ रेन्जमा कल्पनाले छनोट चरणमा ६ सय १६ दशमलव ८ अङ्क जोड्दै राष्ट्रिय कीर्तिमान बनाउनुभएको हो । कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान तोड्नुभएको छ । उहाँले राष्ट्रिय किर्तिमान बनाएपनि फाइनल चरणमा भने पुग्नबाट बञ्चित हुनु भएको छ ।

५० खेलाडी रहेको छनोट चरणमा कल्पना ४६ औं स्थानमा रहनुभएको छ । छनोटको शीर्ष आठ खेलाडीले फाइनल चरणमा स्थान बनाएका छन् । कल्पना वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट हुनुभएको हो ।

नेपालका जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित हुनुभएको छ । आज भएको  राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित हुनुभएको हो ।

१९ वर्षका सोनिया विश्व वरीयताको नवौं स्थानमा रहनुभएका रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित हुनुभएको हो । सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाउनुभएको थियो ।

images
प्रकाशित मिति :श्रावण ९, २०७८ शनिवार - ०८:५९:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology