Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मनकामनाका ३ सहित शहिद लखन गाउँपालिकामा आज पनि ४ जनामा कोरोना संक्रमण पोजेटिभ

मनकामनाका ३ सहित शहिद लखन गाउँपालिकामा आज पनि ४ जनामा कोरोना संक्रमण पोजेटिभ

इच्छाकामना न्युज

१७, कार्तिक २०७७
मनकामनाका ३ सहित शहिद लखन गाउँपालिकामा आज पनि ४ जनामा कोरोना संक्रमण पोजेटिभ

घैरुङ, १७ कार्तिक । गोरखाको शहिद लखन गाउँपालिकामा आज पनि ४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले नियमित अपडेट मार्फत गोरखा शहिद लखन गाउँपालिकामा आज पनि ४ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको पुष्टि गरेको हो।
संक्रमण पोजेटिभ देखिएकाहरुमा शहिद लखन गाउँपालिका वडा नं. २ मनकामनाका ३० र २४ वर्षीया २ महिला, वडा नं. ३ मनकामनाका ५१ वर्षीय १ पुरुषका साथै वडा नं. ६ का २० वर्षीय पुरुष रहेका छन्। उनीहरु सबै कन्ट्रयाक ट्रेसिङमा रहेकाहरु भएको निर्देशनालयले जनाएको छ। 

images

images
प्रकाशित मिति :कार्तिक १७, २०७७ सोमवार - १४:०८:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology