अमेरिकामा राष्ट्रपति चयनका लागि आज राति चुनाव हुँदैछ । चुनावपछि अमेरिकाले ५८ औं राष्ट्रपति छान्नेछ । अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ ।
अहिलेसम्म गरिएका सर्वेक्षणले बाइडेनको पक्षमा बलियो मत देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्ला धेरैजसो मत सर्वेक्षणहरुले जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १० प्रतिशत बिन्दुले अग्रता बनाइरहनुभएको छ ।