Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

थप ३ हजार १ सय १४  जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, २० जनाको मृत्यु

थप ३ हजार १ सय १४  जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, २० जनाको मृत्यु

इच्छाकामना न्युज

१८, कार्तिक २०७७
थप ३ हजार १ सय १४  जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, २० जनाको मृत्यु
images

काठमाण्डौं, १८ कार्तिक 
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । यसअघि हिजोको तथ्यांक अनुसार नेपालमा कोरोना सङ्क्रमितको संख्या १ लाख ७६ हजार ५०० थियो । पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ४२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४१ हजार १३४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १००४ पुगेको छ । 

images
images

images
प्रकाशित मिति :कार्तिक १८, २०७७ मंगलवार - १८:३९:५७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology