Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भारतीय सेनाका प्रमुख भोली काठमाडौं आउँदै 

भारतीय सेनाका प्रमुख भोली काठमाडौं आउँदै 

इच्छाकामना न्युज

१८, कार्तिक २०७७
भारतीय सेनाका प्रमुख भोली काठमाडौं आउँदै 


काठमाण्डौं, १८ कार्तिक
भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे भोली काठमाडौं आउनुहुने भएको छ ।  भ्रमणका क्रममा नरवणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ सेनापतिको दज्र्यानी चिन्ह लगाउनुहुने छ भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुहुने छ ।  कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले नक्सा जारी गरेपछि नेपाल–भारतबीच सीमा विवाद उत्कर्षमा छ । त्यसयता दुई मुलुकबीच राजनीतिक र कुटनीतिक तहमा सम्वाद नभइरहेका वेला हुनलागेको नरवणेको भ्रमणलाई चासोका साथ हेरिएको छ । भ्रमणको महत्वपूर्ण कार्यक्रम भने पर्सि बिहीबार राखिएको छ । मानार्थ महारथीको दज्र्यानी चिन्ह लगाउने कार्यक्रम शितल निवासले पर्सि राखेको छ । नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलन छ ।

images

images
प्रकाशित मिति :कार्तिक १८, २०७७ मंगलवार - १८:४१:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology