काठमाण्डौं, १९ कार्तिक
पूर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी जीवनसंगीनी सीता महराको कोरोना सङ्क्रमण देखिएपछि उपचारका क्रममा ज्यान गएको छ। सभामुख महराका पूर्व प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार गएको दसैँमा पुख्र्याैैली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उहाँलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। नर्भिकमा पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ अर्थात सङ्क्रमण देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा आज बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ । उहाँ माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित हुनुहुन्थ्यो । सीताको कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएको थियो । उहाँका दुई छोरा र दुई छोरी रहेका छन् ।