Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भोलीदेखि सानिमा लाईफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ बिक्री खुला हुने

भोलीदेखि सानिमा लाईफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ बिक्री खुला हुने

इच्छाकामना न्युज

१९, श्रावण २०७८
भोलीदेखि सानिमा लाईफ इन्स्योरेन्सको ६० लाख कित्ता आईपीओ बिक्री खुला हुने

काठमाडौँ, १९ साउन । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २० गते (बुधवार) देखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुल्ला गर्ने भएको छ ।

images

कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ बिक्री गर्ने लागेको हो । कम्पनीले सर्वसाधारणमा बिक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत बिक्री गर्न लागेको हो ।

सार्वजनिक निष्कासनमा आउने ५४ लाख कित्ता शेयर खरीदको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।

यो आईपीओ साउन २४ गतेसम्म बिक्रीमा रहनेछ । कम्पनीले आईपीओ बिक्रीको छिटो अवधि साउन २४ र ढिलो अवधि भदौ २ गतेसम्मको मिति तय गरेको छ । आईपीओ खरीदका लागि छिटो अवधिभित्रै मागभन्दा बढी आवेदन पर्दै आएको अवस्थामा यस कम्पनीको आईपीओ पनि छिटो अवधिभित्र मात्र विक्रीमा रहने निश्चित छ ।

आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

बिक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाटसँगै मेरो शेयर वेबसाइट तथा एप मार्फत समेत आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ ।

images
प्रकाशित मिति :श्रावण १९, २०७८ मंगलवार - २१:१७:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology