Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तनहुँको बन्दीपुर गाउँपालिकाले “गाउँ प्रमुखसंग रोजगार” कार्यक्रम सञ्चालन गर्ने

तनहुँको बन्दीपुर गाउँपालिकाले “गाउँ प्रमुखसंग रोजगार” कार्यक्रम सञ्चालन गर्ने

पत्रपत्रिका

२०, कार्तिक २०७७
तनहुँको बन्दीपुर गाउँपालिकाले “गाउँ प्रमुखसंग रोजगार” कार्यक्रम सञ्चालन गर्ने

बन्दिपुर, २० कार्तिक तनहुँको बन्दीपुर गाउँपालिकाले ‘गाउँप्रमुखसंग रोजगार कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। गाउँमा रहेका युवालाई गाउँमै रोजगार दिने उद्देश्यसहित गाउँपालिकाले गाउँ प्रमुखसंग रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको हो। 
सीप भएका तर रोजगारी नभएका युवालाई लक्षित गरी गाउँपालिकाले ‘गाउँ प्रमुखसंग रोजगार’ कार्यक्रमको अवधारणा अगाडि ल्याएको हो। युवालाई रोजगारी दिने उद्देश्य सहित जिल्लामै पहिलोपटक बन्दीपुरले सो कार्यक्रम शुरु गर्न लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। यस कार्यक्रम मार्फत् विभिन्न योजनामा गाउँपालिका भित्रका युवालाई रोजगारी दिन्छौ’–उनले भने, ‘संघीय सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै स्थानीय सरकारको गाउँ प्रमुखसँग रोजगार कार्यक्रम सञ्चालन गर्न लागेका हो।’ 
यस कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ३० लाख बजेट विनियोजन गरेको छ। गाउँपालिकाका रोजगार संयोजक शरणसिंह गुरुङले यस कार्यक्रमका लागि योजना छनोटको काम भइरहेको जानकारी दिए। वडाले छनोट गरेका योजनालाई पनि उक्त कार्यक्रममा समावेश गरेर लैजाने उनले बताए। ‘योजना छनोट गरी लागत अनुमान गर्ने काम भइरहेको छ, प्रधानमन्त्री रोजगार कार्यक्रमसँगै यसलाई पनि सँगै अगाडि बढाउने तयारी छ’, संयोजक गुरुङले बताए। 
तिहारपछि सो कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले तयारी गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बन्दीपुर गाउँपालिकामा ३६० बेरोजगार सूचीकृत भएका छन्। वडा नं १ मा २९, वडा नं २ मा ५६, वडा नं ३ मा ८०, वडा नं ४ मा १४, वडा नं ५ मा ६१ र वडा नं ६ मा १२० जना सूचीकृत भएका छन्। सूचीकृत भएकाहरुलाई नै गाउँ प्रमुखसँग रोजगार कार्यक्रम मार्फत् काम दिने तयारी छ। 
गाउँपालिकाले ‘पर्यटन, कृषि, सहकारी, शिक्षा र पूर्वाधार, समृद्ध बन्दीपुर गाउँपालिका निर्माणको मूल आधार’लाई मुख्य नारा बनाएर कार्यक्रम तय गरेको उपाध्यक्ष करुणा गुरुङले बताइन्। गाउँपालिकाले बाँझो भूमि खेतीका लागि अनुदान कार्यक्रम, उपाध्यक्षसँग महिला सीप विकास कार्यक्रम, अध्यक्षसँग बालबालिका कार्यक्रम, एक हल गोरु एक थान हलो वितरण कार्यक्रम, विपन्न गर्भवती महिला पोषण कार्यक्रमलाई प्राथमिकतामा राखेको उपाध्यक्ष गुरुङले बताइन्। 
त्यस्तै आफ्नै स्थानीय तह आफ्नै लगानी अन्तर्गत अतिविपन्न परिवारका लागि विद्युतीय चुल्हो वितरण, एक लिटर दूध उत्पादनमा एक रुपैयाँ अनुदान कार्यक्रमलाई समेत गाउँपालिकाले प्राथमिकता दिंदै आएको छ।
भञ्ज्याङ दैनिकबाट

images

images
प्रकाशित मिति :कार्तिक २०, २०७७ बिहिवार - ०८:१५:११ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology