Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

गोरखाका आशिषको युवती विवादमा हत्या भएको खुलासा, मुख्य अभियुक्तसहित ४ जना पक्राउ

गोरखाका आशिषको युवती विवादमा हत्या भएको खुलासा, मुख्य अभियुक्तसहित ४ जना पक्राउ

images

इच्छाकामना न्युज

२१, कार्तिक २०७७
गोरखाका आशिषको युवती विवादमा हत्या भएको खुलासा, मुख्य अभियुक्तसहित ४ जना पक्राउ
images

गोरखा, २१ कार्तिक
 गत कार्तिक १४ गते काठमाडौंमा छुरा प्रहार गरी हत्या गरिएका आशिष मगरको युवती विवादका कारण ज्यान गएको खुलासा भएको छ । आशिषमाथि काठमाडौं धापासीमा छुरा प्रहार भएको थियो ।गोरखा, अजिरकोट–५ घर भएका २४ वर्षीय आशिष छुरा प्रहारबाट गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा चिरायु अस्पतालमा मृत्यु भएको थियो ।उनको मृत्यु भएलगत्तै उनीमाथि आक्रमण गर्ने व्यक्ति फरार भएका थिए । हत्या आरोपीमध्ये टोखा बस्ने २६ वर्षीय राम श्रेष्ठ, स्याङ्जा गल्याङ–३ बस्ने २७ वर्षीय रवि थापा र संखुवासभा १९ वर्षीय दोर्जे शेर्पालाई प्रहरीले कार्तिक १६ गते पक्राउ गरी सार्वजनिक गरिसकेको थियो ।प्रहरीले मुख्य आरोपी उदयपुर गाईघाटका २० वर्षीय रुपेश आले मगरलाई धरानको भानुचोकबाट पक्राउ गरी काठमाडौं ल्याएको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो ।रुपेश पक्राउ परेसँगै आशिष र रुपेशको समूहबीच युवतीको विषयमा विवाद हुँदा आक्रमण भएको थाहा लागेको छ । युवतीको विषयमा सुरु भएको विवाद ठूलो बनेर छुरा प्रहार भएको र आशिषको ज्यान गएको प्रहरी अनुसन्धानमा खुलेको छ ।रुपेशको समूहले लागूऔषध प्रयोग गर्ने गरेको र धापासी क्षेत्रमा गुण्डागर्दीमा संलग्न रहेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ । आफ्नो पकड जमाउनका लागि उनीहरुले आशिषको हत्या गरेका पनि हुनसक्ने भन्दै प्रहरीले त्यसतर्फ पनि अनुसन्धान सुरु गरेको महाशाखाले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २१, २०७७ शुक्रवार - १९:३२:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology