काठमाण्डौं, २२ कार्तिक
नेपालमा पछिल्लो २४ घण्टामा २७ सय ५३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै कुल सङ्क्रमितको संख्या एक लाख ९१ हजार छ सय ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै गएको २४ घण्टामा दुई हजार दुई सय छ जना कोरोना सङ्क्रमित निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या एक लाख ५५ हजार एक सय १४ पुगेको छ । अब नेपालमा ३५ हजार चार सय ३५ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै गएको २४ घण्टामा १७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ८७ पुगेको छ ।