Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार  ८१७ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार  ८१७ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु

इच्छाकामना न्युज

२३, कार्तिक २०७७
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार  ८१७ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु
images

काठमाण्डौं, २३ कार्तिक
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १७ सङ्क्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार दुई हजार आठ सय १७ जनामा सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या एक लाख ९४ हजार चार सय ५३ पुगेको छ। 
त्यस्तै गएको २४ घण्टामा दुई हजार आठ सय १२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ५७ हजार नौ सय २६ पुगेको छ।  
अब नेपालमा ३५ हजार चार सय १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै एक हजार एक सय ४९ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । 
यस्तै गएको २४ घण्टामा २१ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय आठ पुगेको छ ।    

images
images

images
प्रकाशित मिति :कार्तिक २३, २०७७ आइतवार - १६:३५:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology