Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

तरुण दल इच्छाकामनाको अध्यक्षमा जीवन सिलवाल चयन

तरुण दल इच्छाकामनाको अध्यक्षमा जीवन सिलवाल चयन

images

इच्छाकामना न्युज

२३, कार्तिक २०७७
तरुण दल इच्छाकामनाको अध्यक्षमा जीवन सिलवाल चयन
images

कुरिनटार, २३ कार्तिक । नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल इच्छाकामनाको अध्यक्षमा जीवन सिलवाल चयन भएको छ। आइतबार सम्पन्न तरुण दल इच्छाकामनाको प्रथम भेलाले जीवन सिलवालको अध्यक्षतामा  गाउँपालिका स्तरीय कार्यसमितिको चयन हो। साविक ४ गाविसका अध्यक्षमध्येबाट सिलवाल चयन भएको हो । 
सिलवाल यस अघि तरुण दलको दारेचोक गाविसका अध्यक्ष थिए। दाहाखानीका अध्यक्ष दीपक थापा, चण्डींभज्याङका अध्यक्ष विराज गुरुङ, काउलेका अध्यक्ष सुवास थापा सहितको समन्वयमा गाउँपालिका स्तरीय कार्यसमितिलाई पूर्णता दिइने जनाइएको छ। तरुण दलले छिटै अन्य नगरस्तरीय कार्यसमितिलाई पनि समायोजन गर्ने जनाएको छ। प्रथम भेला तरुण दल चितवनका सभापति राजन ताम्राकारको अध्यक्षतामा भएको थियो। कार्यक्रममा कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, सह–सचिव राजन कार्की , क्षेत्र नम्बर २ का सभापति भरत लामिछाने, जिल्ला नेता राजेश्वर खनाल लगायतको सहभागिता रहेको थियो । 
यसैबीच सो कार्यक्रममा नेकपा परित्याग गरी कानुन व्यवसायी होमनाथ सिलवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

images
प्रकाशित मिति :कार्तिक २३, २०७७ आइतवार - २१:४२:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology