Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

स्कुसको दाना बेचेर इलामका किसानहरुले ३० लाख भन्दा बढि कमाए

स्कुसको दाना बेचेर इलामका किसानहरुले ३० लाख भन्दा बढि कमाए

इच्छाकामना न्युज

१०, भाद्र २०७८
स्कुसको दाना बेचेर इलामका किसानहरुले ३० लाख भन्दा बढि कमाए

इलाम, १० भदौ । इलामको सूर्योदय नगरपालिका १२ जर्सिङ गाउँका किसानले स्कुसको दाना बेचेर ३० लाख भन्दा बढी आम्दानी लिइरहेका छन । बर्षैभरि सिजनअनुसार तरकारी उत्पादन गरेर बिक्री गर्ने कृषकहरु यतिबेला स्कुसको दाना टिपेर बेच्नमा ब्यस्त छन । घर छेउको बारीमा स्कुसको माच हरेक वर्ष यसरी नेै स्कुस खेती गर्ने गरेका छन् । 

images

तरकारीको रूपमा प्रयोग गरिने स्कूस एकै सिजनमा लाखौ रुपैयाँ सम्मको बिक्रीहुने कृषक गोविन्द राई बताउँछन । त्यहाँका २५ घर भन्दा बढी किसानको बारीमा स्कुसको माच देख्न सकिन्छ । प्रत्येक किसानले दुईसय मन सम्म फलाउने र्गछन । त्यहाँको गाउँबाट एक सिजनमा ४० हजार मन स्कुसको दाना निकासी हुने गर्दछ । प्रतिकिले २० रुपैयाँको दाममा एक मनको आठसय रुपैयाँ हुन्छ ।

234816059_390742299331104_6209561213473924196_n.jpg

एक जना किसानले दुई सयमन उत्पादन गर्दा डेड लाख आम्दानी लिने गर्दछन । २० घरले स्कुसको दाना बेचेरै ३० लाख रुपैयाँ जर्सिङ गाउँमा भित्रिने गर्छ । एक पटक रोपेपछि स्कूसको पहिले मुन्टा बेचेर आम्दानी लिन सकिन्छ त्यसपछि दाना र जराबाट पनि आम्दानी लिन सकिन्छ ।  स्कुसको टुप्पा बैशाख देखि कात्तिकसम्म टिपेर बेच्न सकिने र त्यसपछि दाना र जरा बेचेर आम्दानी लिन सकिने भएकाले पनि स्कुस खेतीबाट फाइदा हुने गरेको किसान बताउँछन । 

इलामबाट दिनहुँ गोलभेडा, कोपि मुलासमेत लिएर जाने पिकअप गाडिहरूमा सबैभन्दा बढी स्कूस लानेगरेको पाइन्छ । किसानले हप्तामा तरकारी बेचेरै  हजारौ रुपैयाँ सम्म हात पार्ने गरेका छन । स्कुस प्रति केजी  १५ रुपैयाँदेखि २० रुपैयाँसम्ममा बिक्ने गर्दछ । 

दिनहुँ किसानबाट लगिएको स्कुस मेची राजमार्गको कोल्बुङ क्षेत्रमा रहेका फुटपाथका तरकारी ब्यापारीलाई बिक्री गर्ने गरेका छन । सबैभन्दा बढी बिर्तामोड, दमक, फिक्कल बजार, पशुपतिनगर बजार र मेची राजमार्गका विभिन्न स्थानमा बिक्री हुन्छ ।  

236207422_373212844400182_3577673384610543170_n.jpg

राजमार्गमा गुड्ने गाडि रोकिएर यात्रुले तरकारी किन्ने  भएकोले राजमार्ग किनारमा  तरकारी बेच्न राखेका हुन्छन।कतिपय ब्यापारीले भने झापाका बजारहरूमा लान्छन् र भारतको नक्सलबाढी,पानीटंकी र सिलिगुडीसम्म पनि स्कूस पुग्ने गरेको पाइन्छ ।

तस्बिरमा इलामको सूर्योदय नगरपालिका ९ मा बिक्रीको लागि तयार पारिएको इस्कूस । यो इस्कूसको मुख्य बजार झापा हो । झापा बाहेक काठमाडौ र भारत समेत निर्यात हुने गर्दछ। बिगत को बर्ष यो सिजनमा किसानले बारिमै प्रती कट्टा रु १००० ले बेचेको इस्कूस यस बर्ष भने  २५०र ३०० ले बिक्री भैरहेको छ। कट्टा(१बोरा लाई कट्टा भनिने गरिन्छ। प्रती बोरा लगभग इस्कूस को तौल ४०केजि बराबर हुन्छ।

images
प्रकाशित मिति :भाद्र १०, २०७८ बिहिवार - ०८:५८:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology