Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाको अध्यक्षमा पुनः इश्वर नेपाल चयन

एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाको अध्यक्षमा पुनः इश्वर नेपाल चयन

images

इच्छाकामना न्युज

१२, भाद्र २०७८
एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाको अध्यक्षमा पुनः इश्वर नेपाल चयन
images

कुरिनटार, १२ भदौ । एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाको अध्यक्षमा पुन : इश्वर नेपाल चयन हुनुभएको छ । संगठनको आज बसेको परिषद बैठकले नेपालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।

  कार्य समितिको वरिष्ठ उपाध्यक्षमा नारायण भट्टराई, महिला उपाध्यक्षमा भगवती अर्याल, उपाध्यक्षमा ध्रुब अधिकारी, सचिवमा विर्ख बहादुर आले मगर सह–सचिवमा मदन कुमार चेपाङ र नारायण पौडेल चयन हुनुभएको छ ।

सदस्यहरुमा कुल बहादुर मगर, हिमलाल अधिकारी, मान बहादुर राना, चन्द्र कुमारी गुरुङ, सृजना चेपाङ, सोविता थापा मगर,श्रीमाया चेपाङ,गौरी नेपाल र लोक बहादुर मगर चयन हुनुभएको छ । ३ जना भने पछि थप गर्ने गरि कमिटी गठन गरिएको एकिकृत अखिल नेपाल शिक्षक संगठन इच्छाकामनाका सचिव विर्ख बहादु आले मगरले बताउनुभयो ।

नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख अतिथि र एकिकृत अखिल नेपाल शिक्षक संगठन चितवनका अध्यक्ष हरिश चन्द्र सुुवेदीको विशिष्ट अतिथिमा परिषद् बैठक सम्पन्न भएको हो ।

बैठकमा एकिकृत अखि नेपाल नेपाल शिक्षक संगठन चितवनका वरिष्ठ उपाध्यक्ष रमेश अधिकारी (सुरज),नेकपा माओवादी केन्द्रका सह–इन्चार्ज सावित्रि सिलवाल,इच्छाकामनाका संयोजक हरि थापा, नेपाल शिक्षक महासंघ इच्छाकामनाका सह–अध्यक्ष तूल बहादुर गुरुङ लगायत उपस्थित रहनुभएको थियो ।

images
प्रकाशित मिति :भाद्र १२, २०७८ शनिवार - २२:३०:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology