Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

उद्धार उडान बन्द गर्न सरकारलाई सीसीएमसीको सिफारिस

उद्धार उडान बन्द गर्न सरकारलाई सीसीएमसीको सिफारिस

Sobizpress SuAdmin

२४, कार्तिक २०७७
उद्धार उडान बन्द गर्न सरकारलाई सीसीएमसीको सिफारिस

काठमाण्डौं, २४ कार्तिक 
कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोनाका कारण विदेशमा अलपत्र नेपालीको उद्धार सकिएकाले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। अहिलेसम्म १ लाख ३६ हजार २ सय १६ जनाको उद्धार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीले उद्धार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो।विभिन्न देशमा रहेका नेपाली कूटनीतिक नियोगले लगभग उद्धारको काम सकिएको जानकारी गराएपछि बन्द गर्न सरकारलाई सिफरिस गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिनुभयो । 
कुनै देशबाट पुनः उद्धार गरी ल्याउनुपर्ने अवस्थामा नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने सीसीएमसीको निर्णय छ । सीसीएमसी निर्देशक समितिको बैठकले दक्षिण एसियालगायतका उपयुक्त गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय पनि गरेको छ । केबलकार सञ्चालन, जंगल सफारी, साहसिक पर्यटन लगायतका पर्यटकिय गतिविधि खुला गर्ने पनि सीसीएमसीको प्रस्ताव छ ।

images

images
प्रकाशित मिति :कार्तिक २४, २०७७ सोमवार - ०८:५७:०० बजे

Sobizpress SuAdmin

He is chief editor of our media and continously working for society.

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology