देवघाट, २५ कार्तिक ।सव डिभिजन वन कार्यालय देवघाटले देवघाट गाउँपालिका र सामुदायिक वनसंग अन्तरक्रिया गरेको छ। कार्यालयले आज तनहुँको देवघाटमा रहेको चक्रवती सामुदायिक भवनमा एक कार्यक्रमको आयोजना गरि अन्तरक्रिया गरेको हो।
कार्यक्रमको प्रमुख अतिथि रहनुभएका देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले अन्तरक्रिया कार्यक्रमलाई सम्बोन्धन गर्र्दै देवघाट गाउँपालिका भित्रका सम्पुर्ण सामुदायिक वनहरुले वन जङ्गल भित्र रहेको बोटबिरुवा, बन्यजन्तु, चराचुरुङ्गी, जडिबुटी र खोलानालाहरुको संरक्षण गरि खाली ठाउँहरुमा वृक्षरोपण गरि सामुदायिक वनहरुलाई हरियाली बनाउन जोड दिनुपर्ने बताउनु थियो। साथै कार्यक्रममा उहाँले सामुदायिक वनहरुमा हुने वार्षिक आम्दानी समुदायको बिकासको लागि देवघाट गाउँपालिका संग समन्वय गरि अगाडी बढ्न अनुरोध समेत गर्नुभयो।
सो अन्तरक्रिया कार्यक्रममा देवघाट वडा नम्बर १ का वडा अध्यक्ष भिम बहादुर गुरुङ, देवघाट वडा नम्बर ५ का वडा सदस्य भोजराज नैना वस्ती, गण्डकी प्रदेश वन महासंघका सचिवालय सदस्य केशव चन्द्र न्यौपाने र चक्रवती सामुदायिक वनका अध्यक्ष तोयानारायण खरेल लगाएको उपस्थिति रहेको थियो भने सव डिभिजन वन कार्यालय इन्चार्ज नवराज घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।