Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

केशवटारको विकासको लागी पहल गर्छुः सासंद किसान श्रेष्ठ

केशवटारको विकासको लागी पहल गर्छुः सासंद किसान श्रेष्ठ

बि.बि. श्रेष्ठ

२६, कार्तिक २०७७
केशवटारको विकासको लागी पहल गर्छुः सासंद किसान श्रेष्ठ

तनहुँ, २६ कार्तिक
प्रतिनिधीसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले केशवटारको विकासका लागी पहल गर्ने वताउनुभएको छ। सचिवालयको कार्यलयमा केशवटारको अगुवा जनताहरुसँगको विकास निर्माण सम्वन्धि अन्र्तक्रिया कार्यक्रममा विकासमा ओझेलमा परेको केशवटारलाई विकास गर्नका लागी आफुले सक्ने पहल गर्ने वताउनुभएको हो। जनताको न्युनतम समस्यालाई समाधान गर्नु आफनो पहिलो जिम्मेवारी भएको हुदाँ शिक्षा, वाटो, खानेपानी लगायतको जनताको समस्या समाधान गर्नका लागी भुमिका खेल्ने वताउनुभएको हो। 
दमौली सुकौरा मोटरमार्गका अध्यक्ष नुर वहादुर आलेको नेतृत्वमा भएको विकास निर्माण विषय अन्र्तक्रिया कार्यक्रममा केशवटारवासीले लामो समयदेखि भोग्दै आएको मोटरवाटोको समस्या, खानेपानी लगायतका विषयमा सहभागीहरुले गुनासो राखेका थिए। जिल्ला सदरमुकाम दमौलीवाट नजिकै भएर पनि विकासले गति लिन नसकेको हुदाँ संघिय सरकारले नै केशवटार विकासका लागी पहल गर्नुपर्ने दमौली सुकौरा मोटरमार्गका अध्यक्ष नुर वहादुर आलेले सासंद किसान श्रेष्ठ सँग आग्रह गर्नुभएको थियो। विगत देखि नै केशवटारलाई उपेक्षा गरिएको हुदाँ सहयोग गर्नका लागी मोटरमार्गका सदस्य मनोज सुवर्णकारले अनुरोध गर्नुभयो। 
अगुवा आम जनताको समस्यामा आफु संवेदनशिल भएको वताउनुहुदै सासंद श्रेष्ठले चाडै नै जनताले आशा गरेअनुसार काम गरेर देखाउने वताउनुभयो। 

images

images
प्रकाशित मिति :कार्तिक २६, २०७७ बुधवार - २१:५९:५८ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology