Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

एमसीसीको आलोचना गर्नेलाई कारवाही नगर्न सर्वोच्चको आदेश

एमसीसीको आलोचना गर्नेलाई कारवाही नगर्न सर्वोच्चको आदेश

इच्छाकामना न्युज

५, आश्विन २०७८
एमसीसीको आलोचना गर्नेलाई कारवाही नगर्न सर्वोच्चको आदेश
images

काठमाडौं, ५ असोज । सर्वोच्च अदालतले एमसिसी लगायत देशमा सञ्चालित आयोजनाबारेमा नकारात्मक टिप्पणी गरेको आधारमा कसैलाई पनि कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको छ।

images
images

न्यायाधीशद्वय मीरा खड्का र तेजबहादुर केसीको संयुक्त इजलासले संविधानको धारा १७ ले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको र त्यसअन्तर्गत सकारात्मक, नकारात्मक, समीक्षात्मक टिप्पणी पर्ने हुँदा गृहले जारी गरेको विज्ञप्तिको आधारमा कसैलाई कारबाही गर्न नपाइने आदेश सोमबार गरेको हो।

गृह मन्त्रालयले मित्र राष्ट्रहरूको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष–परोक्ष सञ्चारमाध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्न नपाइने भन्दै विज्ञप्ति जारी गरेको थियो।

त्यस विज्ञप्तिले अभिव्यक्ति स्वतन्त्रतामा ठेस पुगेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो। गृह मन्त्रालयले कुनै पनि विदेशी व्यक्ति, सञ्चालित आयोजनाविरुद्ध नकारात्मक अभिव्यक्त गर्न नहुने विज्ञप्ति जारी गरेको थियो।

अधिवक्ता प्रवेश केसीले संविधानले अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हकमा राखेकाले सरकारले बोल्न हुन्न भन्नु संविधानविपरीत भएको भन्दै गृह मन्त्रालयविरुद्ध रिट निवेदन दर्ता गरेका थिए।

‘संविधानले बोल्ने अधिकार दिएकाले कुनै विकास आयोजना, कुनै विदेशी व्यक्तिउपर निजका क्रियाकलापको प्रभावस्वरूप नागरिक चेतनामा प्रस्फुटित सकारात्मक वा नकारात्मक टिप्पणीलाई अभिव्यक्त गर्ने अधिकार नागरिकको हुन्छ’, रिट निवेदनमा भनिएको छ, ‘गृह मन्त्रालयको विज्ञप्तिबाट मित्रराष्ट्रहरूको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्ष रूपमा नागरिकलाई सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी गर्न समेत वञ्चित गरिदिएको पाइन्छ।’

राज्यले कुनै पनि विदेशी आयोजनाको नकारात्मक टिप्पणी गर्नु हुँदैन भन्दै धम्की दिएको रिट निवेदकको दाबी छ । नागरिक दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :आश्विन ५, २०७८ मंगलवार - ०८:०३:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology