Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तरकारीमा तहतहमा बिचौलिया हुदाँ किसान र उपभोक्ता दुवै मारमा

तरकारीमा तहतहमा बिचौलिया हुदाँ किसान र उपभोक्ता दुवै मारमा

इच्छाकामना न्युज

५, आश्विन २०७८
तरकारीमा तहतहमा बिचौलिया हुदाँ किसान र उपभोक्ता दुवै मारमा

काठमाडौं, ५ असोज । काभ्रेको पाँचखाल–३ का सुभाष लुइँटेलले दुई रोपनी जग्गामा तरकारी खेती गरेका छन् । अहिले उनको बारीमा हरियो तरकारी बोडी र भेन्डी लटरम्म फलेका छन् । उनले उब्जनी गरेको तरकारीमध्ये एक दिन बिराएर २ सय किलो बढी बोडी तरकारी बिचौलियाका हातमा पर्ने गरेको छ । उनले बारीबाट तरकारी टिपेर बिचौलियाको हातमा त पार्छन् तर आफ्नो तरकारीको मूल्य कति हुन्छ उनलाई नै थाहा हुँदैन ।

images

उनले उत्पादन गरेको तरकारी बिचौलियाले बजारमा प्रतिकिलो १ सयदेखि १ सय १० रुपैयाँ बिक्री गर्छन् । उनका हातमा भने जम्मा ३०/४० रुपैयाँ थमाउँछन् । किसान सुभाष लुइँटेल भन्छन्, ‘बजारमा जति मूल्य भए पनि किसानले ३० देखि ४० रुपैयाँभन्दा बढी पाउँदैनन् । बजारमा तरकारीको मूल्य जति वृद्धि भए पनि किसानले २५ प्रतिशतभन्दा बढी कसैले पाएको हुँदैन । सबै बिचौलियाले लिने गरेका छन् ।’

त्यसो त किसानहरूले बिचौलियासँग बजारको मूल्य हेरेर कहिलेकाहीँ कुरा पनि गर्छन् । तर, बिचौलियाको ‘रेडिमेड’ जवाफले उनीहरू मर्माहत हुन्छन् । बिचौलियाको रेडिमेड जवाफ हुने गरेको छ, ‘तिमीहरूले उत्पादन गरेको तरकारी तिमीहरू नै राख ।’

किसान र उपभोक्ता दुवै पीडित

त्यसैले किसानहरू बिचौलियाले भनेको मूल्यमा तरकारी दिन बाध्य छन् । तरकारी बिचौलियाको कब्जामा छ । बिचौलियाको हातमा बजार भएकाले न त किसानले लागतअनुसारको मूल्य पाउँछन् न त उपभोक्ताले सस्तो मूल्यमा तरकारी खान पाउँछन् ।

किसान लुइँटेल थप्छन्, ‘आजभोलिकै कुरा गर्ने हो भने व्यापारीले हामीबाट बोडी प्रतिकिलो ४० रुपैयाँमा लिन्छन् । किसानबाट ४० रुपैयाँमा लिएको तरकारी बीचमा भाडा, ज्याला जोडेर उपभोक्ताले कम्तीमा ६० देखि ६५ रुपैयाँमा पाउनुपर्ने हो । तर, उपभोक्ताको चुलोसम्म पुग्दा १ सय ५० रुपैयाँ पुगिसकेको हुन्छ । यो सुन्दा दुःख लाग्छ ।’

अहिले बिचौलियाले किसानको बारीबाट गोलभेंडा प्रतिकिलो १० देखि १५ रुपैयाँमा किन्ने गरेका छन् । तर, उपभोक्ताको चुलोसम्म पुग्दा प्रतिकिलो ६० रुपैयाँसम्म पुग्ने गरेको उनको भनाइ छ ।

images
प्रकाशित मिति :आश्विन ५, २०७८ मंगलवार - ०८:०५:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology