कुरिनटार, २७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का इच्छाकामनाका इन्चार्ज एवं चितवन जिल्ला सचिवालय सदस्य प्रताप गुरुङले आफ्नो जन्मदिन फरक किसिमले मनाएका छन्। उनले आज परेको आफ्नो जन्मदिनको अवसरमा दुःखि पिडीतलाई दुःख पिडा परेको बेलामा सहयोग गर्ने गरि जन्मदिन कोषको स्थापना गरि जन्मदिन मनाएका हुन्।
विशेष गरेर इच्छाकामना गाउँपालिका भित्रका दुःख पिडामा परेका दलित, असहाय विपन्न, महिला, बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतकाको क्षेत्रमा सहयोग गर्ने गरि कोषको स्थापना गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का इच्छाकामनाका इन्चार्ज एवं चितवन जिल्ला सचिवालय सदस्य समेत रहेका प्रताप गुरुङले बताउनुभयो। कोष सञ्चालनका लागि उनले आफ्नै संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति समेत बनाएको छ।
उक्त समितिमा सावित्रा सिलवाल, रुद्रप्रसाद उप्रेती, नर बहादुर नेपाल, सम्झना खड्का सिलवाल, दान बहादुर गुरुङ र चिन्ता सापकोटा सदस्य रहेका छन्। कोष घोषणा कार्यक्रममा प्रमुख अतिथिको रुपमा बागमती प्रदेश सांसद घनश्याम दाहाल अविनास सहभागी रहनुभएको थियो।
कोषमा हाल गुरुङले २५ हजार र उनका बहिनी बसन्त गुरुङले १० हजार गरि ्३५ हजार जम्मा गरेका छन्।
यस्तै सोहि कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इच्छाकामनाले फोक्सोको क्यान्सरबाट पिडित बिरामीलाई आर्थिक सहयोग समेत गरेको छ। पार्टीले फोक्सोको क्यान्सरबाट पिडित बिरामी चितवन इच्छाकामना गाउँपालिका वडा नं. ५ की ६० वर्षीया फुलमाया गुरुङलाई १९ हजार ८ सय १५ रुपैयाँ आर्थिक सहयोग गरेको हो