Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पार्टी अध्यक्ष ओली सहमत भएपछि नेकपा सचिवालय बैठक आज बस्दै

पार्टी अध्यक्ष ओली सहमत भएपछि नेकपा सचिवालय बैठक आज बस्दै

इच्छाकामना न्युज

२८, कार्तिक २०७७
पार्टी अध्यक्ष ओली सहमत भएपछि नेकपा सचिवालय बैठक आज बस्दै

काठमाण्डौ, २८ कार्तिक । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सहमत भएपछि नेकपाको सचिवालय बैठक आज बस्दैछ । महासचिव विष्णु पौडेलले सचिवालय बैठक आज दिउँसो ४ बजे बस्ने सचिवालय सदस्यहरुलाई जानकारी गराउनुभएको छ । 
अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले केही दिनअघि महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिनुभएको थियो । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच सचिवालय सदस्यले तत्काल सचिवालय बैठक बोलाउन पटकपटक माग गर्दै आएका थिए । तर, अर्का अध्यक्ष ओलीले यसअघि सचिवालय बैठक सडकमा हिँड्दाहिँड्दै भन्दा पनि आवश्यकता र विधिअनुसार बस्ने व्यवस्था रहेको बताउनुभएको थियो । 
कर्णाली प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन, भारतीय गुप्तचर संस्था रअ प्रमुखसँग प्रधानमन्त्री ओलीले गरेको भेट, सरकारका पछिल्ला कामकारबाहीका कारण सत्तारुढ नेकपामा पछिल्लो समय प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह सन्तुष्ट छैन । 

images

images
प्रकाशित मिति :कार्तिक २८, २०७७ शुक्रवार - ०९:४४:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology