देवघाट, १० असोज । तनहुँको देवघाटमा रहेका दलित तथा अल्पसंख्यक समुदायले शुद्ध पानी पिउनका लागि सयर फिल्टर पाएक छन्। रोटरी क्लब अफ नारायणगढ, गैडाकोट, रत्ननगर र कावासोतीद्वारा वाइन टु वाटर नेपालको सहयोगमा उनीहरुले शुद्ध पानी पिउनका लागि सयर फिल्टर पाएका हुन्।

सो सयर फिल्टर देवघाट गाउँपालिका वडा नम्बर ५ मा भित्र बसोबास गर्दै आएका दलित तथा अल्पसंख्यक जातिलाई दिइएको हो । गाउँपालिका भित्रका वडाहरु मध्येमा सबैभन्दा बढि दलित र अल्पसंख्यक भएको ठाउँलाई मध्येनजर गर्दै सो सामग्री हस्तान्तरण गरिएको हो ।

फिल्टर वितरण कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गवहादुर थापाले हामी गाउँपालिकावासिहरू धेरै भाग्यमानी रहेको बताए । अहिले सम्म यति महङ्गो र ठुलो सहयोग आएको थिएनन् भन्दैँ रोटरी क्लबको यो कार्यक्रमलाई सलाम गरे। थापाले कोरोना कहरमा पनि देवघाटमा विभिन्न संघसंस्थाहरूले धेरै सहयोग ल्याएर योगदान पुर्याएको बताउदै सहयोगि दाताहरूलाई धन्यवाद प्रकट गर्दै राहत प्राप्त गरिसकेपछि राहतको सहि सदुपयोग गर्न समेत सम्पूर्णलाई अनुरोध गरे ।

यस्तै कार्यक्रममा बिशिष्ट अतिथि नारायण प्रधानले रोटरी भनेको आफ्नो स्वार्थलाई अन्त्य गरि अरूको सामु गरिने सेवा हो भन्दैँ सेवा गर्ने भावले देवघाटमा सयर फिल्टर वितरण गरिएको बताए। उनले देवघाटमा सेवा गर्ने मौका पाउदा धेरै खुसी भएको बताउदैँ सम्पूर्ण दलित तथा अल्पसंख्यक जातिलाई क्लबले गरेको सानो सहयोगको सहि सदुपयोग गर्न अनुरोध गरे। प्रधानले सम्पूर्णमा सयर फिल्टर प्राप्त गरे पश्चात् सबैले फिल्टर गरेर मात्रै शुद्ध पानी पिउन आग्रह गरे ।

त्यस्तै कार्यक्रममा रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष निराजन खनालले दलित पिछडिएका र अल्पसंख्यक जातिलाई सहयोग गर्नु पाउदाँ मनमा शान्ति मिलेको बताए । उनले राहत फिल्टरको सहि सदुपयोग गरिदिनु भएमा आगामि दिनहरूमा पनि यस्तै सहयोग लिएर आउने प्रतिवद्वता जनाएका थिए।
अशुद्ध पानीको कारणले विभिन्न रोगहरू निम्त्याउने टाइफाइड जस्ता समस्याहरूको उत्पन्न गर्ने भएको हुदाँ अबका दिनहरूमा फिल्टरको प्रयोग गरेर यस्ता समस्याहरू न्युनिकरण हुने रोटरी क्लब अफ गैडाकोट अध्यक्ष डा. प्रमोद पौडेलले बताए।
कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष यालवहादुर गुरूङ, वाइन टु वाटर प्राविधिक निर्देशक गुनेश्वर महत्व, देवघाट युवा तथा खेलकुदका अध्यक्ष सुकु गुरूङ लगायतको उपस्थिति रहेको थियोे, भने रोटरी क्लब अफ नारायणगढका अध्यक्ष अरूण खनालको अध्यक्षतामा सम्पन्न भएको थियोे।