Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

देवघाटमा विजयदशमी तथा दिपावलीको अवसरमा दुई खेलहरूको शुभारम्भ

देवघाटमा विजयदशमी तथा दिपावलीको अवसरमा दुई खेलहरूको शुभारम्भ

करिश्मा गुरुङ

१०, आश्विन २०७८
देवघाटमा विजयदशमी तथा दिपावलीको अवसरमा दुई खेलहरूको शुभारम्भ
images

देवघाट, १० असोज । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका सहित तनहुँको देवघाटमा नेपालीहरूको महान चाड विजयदशमी तथा शुभ दीपावलिको अवसरमा दुई खेलहरूको सुभारम्भ हुने भएको छ । 

images
images

देवघाट ब्याडमिन्टन संघको आयोजनामा प्रथम गाउँपालिका अध्यक्ष कप खुल्ला ब्याडमिन्टन प्रतियोगिता र देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित रहेको सुन्दरशिल टोल विकास संस्थाको आयोजनामा प्रथम दशैँ तिहार कप खुल्ला फुटबल प्रतियोगिता हुने भएको हो । 

अहिलेको यो समयमा खेलकुदको महत्त्व अत्याधिक भएकोले खेलको आयोजना गरिएको दुबै खेलका आयोजकले बताएका थिए। खेल दशैँ तिहारलाई मध्यनजर गर्दै युवा देखि वृद्वहरु सबैले हेर्न रूचाउने खेल राखिएको देवघाट ब्याडमिन्टन संघका अध्यक्ष अनिल मिश्रले  जानकारी गराए। उनले खेल मनोरञ्जनको लागि मात्रै नभएर त्यसलाई एउटा सिकाईको रूपमा लिन सम्पूर्ण खेल प्रेमिहरूलाई अनुरोध गरेका छन्। 

दुबै खेलका आयोजकले आज सामाजिक सञ्जाल मार्फत खेलाडी सहभागी गराईदिने बारे सुचना सार्वजनिक गरेका छन्, जसमा ूप्रथम दशैँ तिहार कप खुल्ला फुटबल प्रतियोगिता यहि असोज २० गते बिहान ७ बजे देवघाट खेलकुद मैदानबाट सुरू हुने जानकारी गराएको छ । 

त्यस्तै देवघाट ब्याडमिन्टन संघले यहि २२ गते बिहान ७ बजे धर्मार्थ अस्पतालमाको प्राङ्गणमा देवघाट टाउनचोकमा सुरू गरिने भएको छ । खेलमा दुबै संस्थाले प्रति टिमको प्रवेश शुल्क छुट्टाछुट्टै तोकिएको छ जहाँ ब्याडमिन्टन खेलमा प्रवेश शुल्क २५०० तोकिएको छ। टिम इन्ट्रि असोज २१ गते दिउसो ११ बजेभित्र हुनुपर्ने, इन्ट्रिको लागि प्रत्यक्ष उपस्थिति हुन नसकेमा इसेवा नम्बर ९८४५२१४०७९ मा प्रवेश शुल्क पठाउन सकिने र टाई सिट असोज २१ गते १ः३० बजे सार्वजनिक गरिने जानकारी गराएको छ । 

यस्तै फुटबल खेलमा प्रति टिमको प्रवेश शुल्क ५०००, टिम इन्ट्रि असोज १९ गते १२ः०० बजेभित्र हुन पर्ने, टाइसिट असोज १९ गते ५ः३० बजे सार्वजनिक गरिने, १३ जना खेलाडीको नामावली पठाउनु पर्ने, खेल अवधि भरी रेफ्रिको निर्णय नै अन्तिम निर्णय हुने आयोजकले जानकारी गराएको छ । 

फुटबलमा प्रथम पुरस्कार ५० हजार ५ सय ५५ र द्वितीय पुरस्कार २५ हजार ५ सय ५५ रहेको छ भने ब्याडमिन्टनमा प्रथम पुरस्कार २५ हजार, द्वितीय पुरस्कार १५ हजार र तेस्रो पुरस्कार ७ हजार ५ सय रहेको जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन १०, २०७८ आइतवार - २१:५६:३३ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology