Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आज मिति २०७८ असोज ११ गते सोमबारको दिन हेर्नुस् तपाईको शुभफल (राशिफल)

आज मिति २०७८ असोज ११ गते सोमबारको दिन हेर्नुस् तपाईको शुभफल (राशिफल)

इच्छाकामना न्युज

११, आश्विन २०७८
आज मिति २०७८ असोज ११ गते सोमबारको दिन हेर्नुस् तपाईको शुभफल (राशिफल)

२०७८ असाेज ११ गते, सोमवार, २७ सेप्टेम्बर २०२१। आश्विन कृष्णपक्ष षष्ठी तिथि, १३ः०३ बजेदेखि सप्तमी। राेहिणी नक्षत्र १६ः२७ बजेदेखि मृगशिरा। चन्द्रराशि– वृष।

images
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अरूको आलोचना गर्दा आफैंलाई हानि हुनेछ। असंयम व्यवहारले सहयोगीहरू टाढिन सक्छन्। अध्ययनमा धेरै समय दिन नसकिएला। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली(व्यवहारमा सजग रहनुपर्ला। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। व्यापारमा केही लाभांश मिल्नेछ।

वृष–इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आँटले काम लिन नसक्दा व्यवहारमा पछि परिनेछ। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आगन्तुकहरूले अलमल्याउने हुँदा काममा समय दिन नसकिएला। तापनि विगतका कमजोरीलाई सुधार गर्ने मौका पाइनेछ। बुद्धिको उपयोगले ढिलै भए पनि काम बन्न सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। विश्वासपात्रमाथि शंका जाग्न सक्छ।

मिथुन–का, कि, कु, घ, ङ, छ, के, को, ह
आफ्नै बेहोसीले नोक्सान पुर्याउन सक्छ। बलजफ्तीले पनि बाधा पुर्याउनेछ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। होसियारीसाथ काममा जुट्नुहोला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्।

कर्कट–हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।

सिंह–मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेत परे पनि तारिफयोग्य कामको चर्चा हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तापनि कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

कन्या–टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, विगतका कमजोरीमा क्रमशस् सुधार आउनेछ। लगनशीलताले उपलब्धि हातलागी हुनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ।

तुला–र, रि, रु, रे, रो, ता, ति, तु, ते
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था रहनेछ। अरूका काममा व्यस्त बन्नुपरे पनि आफ्ना कामको मेसो नमिल्दा पछि परिएला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। गोप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ। उपलब्धिका लागि पहिले सम्पादन भइसकेको काम समेत दोहोर्याउनुपर्ला। परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ।

वृश्चिक–तो, ना, नि, नु, ने, नो, या, यि, यु
छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउनेछ। सुझबुझका साथ काम लिएमा उपलब्धि प्राप्त हुनेछ। शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट फाइदा भइरहनेछ। व्यापारमा भने सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला।

धनु–ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ हुनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दिगो काम थालनी हुनेछ। पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।

मकर–भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसरले पछ्याए पनि परिस्थिति संघर्षमय रहनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनेछ। दिगो कामलाई केही समय पर्खनुपर्ला। पहिलेका सहयोगीहरू पछि हट्नाले कामको चाप बढ्नेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। अध्ययनमा समय दिन नसकिएला। विवादास्पद जिम्मेवारी आउन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ।

कुम्भ–गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थिति आफ्नै लागि प्रतिकूल रहला। हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्याउनुपर्ला। बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ। गोपनीयतामा सावधान रहनुहोला।

मीन–दि, दु, थ, झ, ञ, दे, दो, च, चि
छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। स्रोत(साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले थप काम गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीबाट जोगिएर काम गर्नुहोला। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ।

नेपाली पात्रोबाट साभार

images
प्रकाशित मिति :आश्विन ११, २०७८ सोमवार - ०७:४४:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology