Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सरकारले अब ४८ जिल्लाका जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्दार गर्ने

सरकारले अब ४८ जिल्लाका जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्दार गर्ने

सिआईएन

२८, कार्तिक २०७७
सरकारले अब ४८ जिल्लाका जोखिममा परेका गर्भवती तथा सुत्केरीको उद्दार गर्ने

काठमाण्डौ, २८ कार्तिक । सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई उद्वार गर्दै आएका जिल्ला र स्थानीय तह हेरफेर गरेको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५ संशोधन गर्दै उद्धार गर्दै आएको जिल्ला र स्थानीय तह हेरफेर गरेको हो । 
यसअघि ३० वटा पुर्ण र ४ वटा आंशिक गरी ३४ जिल्लाका स्थानीय तहबाट हवाई उद्वार गरिदै आएकोमा अब देखि भने १९ पुर्ण र २९ जिल्लाका आंशिक स्थानीय तह गरेर ४८ जिल्लाबाट उद्वार गर्न थालिएको मन्त्रालयका राष्ट्रपति महिला उत्थान कार्यक्रम शाखा प्रमुख अन्जु ढुंगानाले सीआइएनसँग बताउनुभयो । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई उद्वार गरेर अस्पतालसम्म मात्र पु¥याउदै आएको भएपनि अब भने घर फर्किनका लागि पनि आर्थिक सहयोग गरिने भएको छ । 
कार्यविधि संशोधन गर्दै यसअघि दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई उद्वार गरेर हेलिकोप्टरमार्फत अस्पतालसम्म मात्र पु¥याउने गरिए पनि अब भने घर फर्किनका लागि एकमुष्ट २० हजार रुपैयाँ पनि उपलब्ध गराउने छ ।

images

images
प्रकाशित मिति :कार्तिक २८, २०७७ शुक्रवार - ०९:५१:१३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology