Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आजको राशिफल अनुसार तपाईको शुभ दिन कस्तो छ हेर्नुस्

आजको राशिफल अनुसार तपाईको शुभ दिन कस्तो छ हेर्नुस्

इच्छाकामना न्युज

१७, आश्विन २०७८
आजको राशिफल अनुसार तपाईको शुभ दिन कस्तो छ हेर्नुस्

२०७८ असोज १७ गते, आइतवार, ३ अक्टोबर २०२१। आश्विन कृष्णपक्ष द्वादशी तिथि, १९ः५९ बजेदेखि त्रयोदशी। मघा नक्षत्र। चन्द्रराशि– सिंह।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

images

मेष–चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अध्ययनमा समय दिन नसकिएला। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। नियमित काम भने सम्पादन हुनेछन्। मेहनत गर्दा कर्मयोग अघि बढ्नेछ।

वृष–इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।

मिथुन–का, कि, कु, घ, ङ, छ, के, को, ह
अग्रजहरूको सहयोग जुट्नुका साथै शुभचिन्तकहरूबाट उत्साह प्राप्त हुनेछ। पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्य लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ।

कर्कट–हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले केही उपलब्धि अवश्यै दिलाउनेछ। बुद्धिको उपयोगले काम अघि बढ्न सक्छ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। वादविवादबाट टाढै रहने कोसिस गर्नुहोला।

सिंह–मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ कामको प्रस्ताव आउनेछ र पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका परिवारजनसँग रमाइलो भेटघाट हुनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। पहिलेका कमजोरी सच्याउने अवसर पनि प्राप्त हुनेछ।

कन्या–टो, प, पि, पु, ष, ण, ठ, पे, पो
छिमेकमा असमझदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्ती प्रयास गर्दा काम बिग्रन सक्छ। आफ्नो मिहिनेतको फलमाथि अरूले दाबी गर्न सक्छन्। सरसापट र सहयोगमा केही नगद बाहिरिने सम्भावना छ। व्यावहारिक आवश्यकता पूरा गर्न कर्जा लिनुपर्ला।

तुला–र, रि, रु, रे, रो, ता, ति, तु, ते
कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि फाइदा कम हुनेछ। रोकिएको काम बन्नाले जिम्मेवारी भने बढ्न सक्छ। केही रकम सञ्चय गर्न पनि सकिनेछ। तर आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला।

वृश्चिक–तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

धनु–ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। पहिलेको नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने परिस्थिति आउन सक्छ।

मकर–भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य काममा पनि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।

कुम्भ–गु, गे, गो, सा, सि, सु, से, सो, द
काममा साथीभाइको सहयोग जुट्नेछ। आवश्यक स्रोतसाधन जुट्नाले जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ।

मीन–दि, दु, थ, झ, ञ, दे, दो, च, चि
लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

नेपाली पात्रोबाट

images
प्रकाशित मिति :आश्विन १७, २०७८ आइतवार - ०९:२६:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology