Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

आज बडा दशैंको दोस्रो दिनः देवी ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइँदै

आज बडा दशैंको दोस्रो दिनः देवी ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइँदै

इच्छाकामना न्युज

२२, आश्विन २०७८
आज बडा दशैंको दोस्रो दिनः देवी ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइँदै
images

काठमाडौं,२२ असोज । बडादशैंको दोस्रो दिन आज शुक्रबार नवदुर्गा मध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरी मनाइदैछ । आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा ब्रह्मचारिणीको स्तुति गरी मनाइने शास्त्रीय विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

images
images

नव दुर्गामध्ये पहिलो दिन शैलपुत्रीको पूजा आराधना गरिन्छ भने दोस्रो दिन ब्रह्मचारिणीको स्तुति गर्ने चलन छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौँ दिन स्कन्दमाताको स्तुति गरिन्छ ।

त्यस्तै छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म यो पर्व मनाउने चलन छ । नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरी जमरा राखेपछि बडादशैं शुरु भइसकेको छ ।

दशैंको दोस्रो दिन आज देशभरिका नवदुर्गाका मन्दिर र शक्तिपीठहरु र दशैंघरमा ब्रह्मचारिणी भगवतीको पूजा गर्ने गरिन्छ । राजधानीभित्र गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभा भगवती, तलेजु भवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा हुने गर्दछ ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि देवी दूर्गाको विशेष पूजा गरिन्छ । तर कोरोना संक्रमणको जोखिमका कारण भौतिक दुरि कायम गरि पुजा गर्नुपर्ने भएको छ ।

images
प्रकाशित मिति :आश्विन २२, २०७८ शुक्रवार - ०८:४५:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology