Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

अन्ततः तनहुँको साँसद कृष्ण कुमार श्रेष्ठ (किसान) श्रममन्त्री बन्ने

अन्ततः तनहुँको साँसद कृष्ण कुमार श्रेष्ठ (किसान) श्रममन्त्री बन्ने

इच्छाकामना न्युज

२२, आश्विन २०७८
अन्ततः तनहुँको साँसद कृष्ण कुमार श्रेष्ठ (किसान) श्रममन्त्री बन्ने
images

तनहुँ, २२ असोज । आज हुने मन्त्री परिषद् विस्तारबाट अन्ततः तनहुँ क्षेत्र नं. १ का सांसद कृष्ण कुमार श्रेष्ठ (किसान) श्रम मन्त्री बन्ने भएको छ। नेकपा एकिकृत समाजवादी पार्टी चार वटा मन्त्रालय सहित सरकारमा जान लागेसँगै सांसद श्रेष्ठ पनि श्रममन्त्री बन्ने भएको हो। नेकपा (एकीकृत समाजवादी) पार्टीले मन्त्रीको नाम टुँगो लगाएको हो ।

images
images

स्थायी कमिटीको म्याण्डेटअनुसार अध्यक्ष माधवकुमार नेपालले महासचिव वेदुराम भुसालसहितका केही नेताहरुको छलफलपछि चारै जना मन्त्रीको नाम टुँगो लगाएका हुन् ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रेम आलेलाई पठाउने भएका छन् । त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामा रामकुमारी झाँक्रीलाई र सहरी विकास मन्त्रालयमा विरोध खतिवडालाई पठाउने भएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) बाट सरकारको नेतृत्व विरोध खतिवडाले गर्ने छन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि नै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । विहान ११ बजे मन्त्रिपरिषद् विस्तार गरिने र नवनियुक्त मन्त्रीहरुको सपथ पनि भोलि नै राखिएको बालुवाटार स्रोतले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन २२, २०७८ शुक्रवार - ०९:०३:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology