Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

इच्छाकामना न्युज विशेष

करोडौंको ढुङ्ग्रे–तुन्तेस खानेपानी आयोजना संचालनमा ढिलाई हुदै

करोडौंको ढुङ्ग्रे–तुन्तेस खानेपानी आयोजना संचालनमा ढिलाई हुदै

असारमसान्त भित्र निर्माण सम्पन्न भै खानेपानी वितरण हुनुपर्ने आयोजना अझै अन्यौलमा

चित्र बहादुर गुरुङ

३, कार्तिक २०७८
करोडौंको ढुङ्ग्रे–तुन्तेस खानेपानी आयोजना संचालनमा ढिलाई हुदै
images

इच्छाकामना, ३ असोज । चितवनको इच्छकामना गाउँपालिका वडा नं. ६ को ढुङ्ग्रे र तुन्तेस गाउँका नागरिकलाई खानेपानी वितरण गर्ने उद्देश्यका साथ निर्माण थालिएको ढुङ्ग्रे–तुन्तेस लिफ्टिङ्ग खानेपानी आयोजना संचालनमा ढिलाई भएको छ। २०७८ सालको असार मसान्त भित्रै निर्माण सम्पन्न गरि नागरिकलाई खानेपानी वितरण गरिसक्नुपर्ने आयोजनाले अहिलेसम्म खानेपानी वितरण गर्न नसकेको हो।

images
images

IMG_9385.jpgआयोजनाले ढुङ्ग्रे गाउँका लागि मुहानमा निर्माण गरिएको ट्याङकी

आयोजनाले खानेपानी वितरण गर्न नसक्दा साउनदेखि खानेपानी अभावको समस्या समाधान हुने आशामा रहेका स्थानीयहरु निराश हुन थालेको सिरान ढुङ्ग्रेका स्थानीय एक बहादुर गुरुङले बताए। ‘धारामा कहिले खानेपानी आउला भनेर पर्खेका हामी पर्खेको पख्र्यै भयौ’ –उनले भने।

इच्छाकामना गाउँपालिकाको एक घर एक धारा अवधारणा अन्तर्गत गाउँपालिकाको २५ लाख, जिल्ला समन्वय समिति चितवनको २५ लाख र बागमती प्रदेश सरकारको ५० लाख गरी १ करोड रुपैयाँको लागत साझेदारी सिरान ढुङ्ग्रे, माझ ढुङ्ग्रे र तुन्तेस गाउँका करिब ८० घरधुरीमा खानेपानी पु¥याउनका लागि उक्त खानेपानी आयोजना निर्माण भएको हो। 

यद्यपी केहि बजेट टेण्डर प्रक्रियामा जादा आयोजनाको कुल लागत ८९ लाख ८२ हजार २ सय ९६ रुपैयाँ २४ पैसा रहेकोमा आयोजनाले ७६ लाख ३४ हजार ९ सय ५१ रुपैयाँ ८० पैसा र उपभोक्ताको १३ लाख ४७ हजार ३ सय ४४ रुपैयाँ ४४ पैसा लागत व्यहोरिएको ढुङ्ग्रे–तुन्तेस खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष दिलकुमार गुरुङले जानकारी दिए। उनका अनुसार आयोजनाको ९८ प्रतिशत काम असार मसान्तमै सकिएको हो। तर पनि आयोजना संचालन हुनमा भने ढिलाई भएको उनले बताए।

IMG_9394.jpgपानी लिफ्टिङका लागि जडान गरिएको सोलार

अध्यक्ष गुरुङका अनुसार आयोजना संचालनमा ढिलाई हुनुका कारण विविद्य रहेको छ। आयोजना निर्माणको कामको पैसा समयमा भुक्तानी नहुनु, ढुङ्ग्रेमा निर्माण भएको एउटा टंयाङकीको मोटर फिटिङमा समस्या देखिनु लगायतको रहेको उनले बताए।

आयोजनाको करिब ९८ प्रतिशत काम सकिएको भएपनि हालसम्म गाउँपालिकाबाट सुरुवातमा १० लाख रुपैयाँ पेश्की र २ लाख रुपैयाँ पहिलो किस्ता वापत भुक्तानी भएको बाहेक बाँकि रकम भुक्तानी भएको छैन यसकारण पनि बाँकि काम गर्न कठिन हुदाँ आयोजना संचालन हुन नसकेको देखिन्छ। 

यस्तै ढुङ्ग्रेमा निर्माण भएको एउटा रिजर्भ टंयाङकीमा पानी लिफ्टिङका लागि फिट गरिने मोटर साईज अनुसार फिट नहुदाँ पनि काम रोकिएको छ। यसमा प्राविधिकको कमजोरी देखिएको छ। 

आयोजनाले ढुङ्ग्रे र तुन्तेसमा २० हजार लिटर क्षमताको छुट्टाछुट्टै ५ वटा ट्याङ्की निर्माण गरिएको छ भने करिब ८० वटा घरमा घरैपिच्छे एक वटा धारा निर्माण गरिएको छ। 

IMG_9400.jpgघरघरमा निर्माण गरिएको धारा

 

images
प्रकाशित मिति :कार्तिक ३, २०७८ बुधवार - ०८:५९:२१ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology