देवघाट, ६ कार्तिक । नेकपा एमाले देवघाट गाउँपालिका ५ नं. वडा कमिटिको अध्यक्षमा गणेश बहादुर थापा चयन भएको छ । आज सम्पन्न वडा कमिटीको प्रथम अधिवेशनबाट थापा सर्वसम्मत चयन भएको हो ।

सो अधिवेशनले वडा उपाध्यक्षमा आत्माराम पाण्डे, सचिवमा गोपि अछामि मगर, सह–सचिवमा रामहरी पुडासैनी र गिता ढकाललाई चयन गरेको छ। अधिवेशनले ३६ सदस्यीय कमिटी गठन गरेको हो।

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन भैरहेका छन । वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नु भएको थियो ।

दिनदिनै वर्षा भैरहेको हुदाँ बाढी पहिरो प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाइएको छ । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ ।