Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शहिद लखन र गण्डकी गाउँपालिका सहित गोरखाका ४ स्थानीय तहका २ हजार विद्यार्थीहरुलाई चिनियाँ संस्थाद्वारा झोला उपहार

शहिद लखन र गण्डकी गाउँपालिका सहित गोरखाका ४ स्थानीय तहका २ हजार विद्यार्थीहरुलाई चिनियाँ संस्थाद्वारा झोला उपहार

इच्छाकामना न्युज

७, कार्तिक २०७८
शहिद लखन र गण्डकी गाउँपालिका सहित गोरखाका ४ स्थानीय तहका २ हजार विद्यार्थीहरुलाई चिनियाँ संस्थाद्वारा झोला उपहार

गोरखा, ७ कार्तिक । एक चिनियाँ सामाजिक संस्थाले गोरखाका दुई हजार विद्यार्थीलाई विभिन्न शैक्षिक तथा स्वास्थ्य सरसफाइसम्बन्धी सामग्रीहरुले भरिएको झोला उपहार दिएको छ ।

images

चाइना फाउण्डेशन फर पोभर्टी इल्लिभिएशन नामक संस्थाले गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, शहीद लखन गाउँपालिका र सिरानचोक गाउँपालिकाका विद्यार्थीहरुलाई सो उपहार दिएको हो ।

आइतबार विद्यालयमा पुगेर गोरखा नगरपालिका ६ को बालमन्दिर माविका १८७ जना, गोरखा नगरपालिकाकै विन्दवासिनी माविका २३७ जना विद्यार्थीलाई शैक्षिक तथा स्वास्थ्य सरसफाइ सम्बन्धी सामग्रीले भरिएको झोला दिएको हो ।

त्यस्तै शहीद लखन गाउँपालिका वडा नं। ३ स्थित गंगाधर्म आधारभूत विद्यालयका ७६ जना, त्रिवेणी प्राविका ३१ जना र करनटार प्राविका २१ जना बालबालिकालाई पनि सामग्री सहितका झोला वितरण गरेको छ ।

त्यस्तै गण्डकी गाउँपालिका २ भलायडाँडा प्राविका ८४ जना र पशुपति प्राविका ४२ जनालाई पनि सो सामग्री हस्तान्तरण गरिएको फाउण्डेशनका कार्यक्रम संयोजक सुरेश प्याकुरेलले जानकारी दिए ।


उनका अनुसार आइतबार नै गोरखाकै सिरानचोक गाउँपालिकाका विभिन्न ११ वटा विद्यालयका १२०० जना विद्यार्थीलाई पनि शैक्षिक तथा स्वास्थ्य, सरसफाइ सम्बन्धी सामग्रीले भरिएका झोला हस्तान्तरण गरिएको छ ।


झोलाभित्र लेख्ने तथा चित्रकलाका कापी, कलम, पेण्टिङ कलर, खाजा तथा पानी राख्ने भाँडा, बुरुस, मञ्जन, मास्क लगायतका सामग्री रहेका छन् । एक जना विद्यार्थीलाई दुई हजार रुपैयाँ बराबरको सामग्रीले भरिएको झोलासेट दिइएको कार्यक्रम संयोजक प्याकुरेलले जानकारी दिए ।

राष्ट्रिय अपांग पुनर्वास समाज नामक गैरसरकारी संस्थाको संयोजनमा सो फाउण्डेशनले सहयोग गरेको संस्था र विद्यालयका बीच सहजीकरण गरेका धिरन थापाले जानकारी दिए । दरौदीं दैनिकबाट

images
प्रकाशित मिति :कार्तिक ७, २०७८ आइतवार - २१:०३:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology