आँबुखैरेनी, २४ कार्तिक । भोली कार्तिक २५ गतेदेखि हुन लागिरहेको राष्ट्रिय जनगणना २०७८ को लागि तनहुँको आँबुखैरेनी र देवघाट गाउँपालिका ५७ जना गणक खटिएका छन्। उनीहरुलाई जनगणनाको लागि घरदैलोमा जान मंगलबार आँबुखैरेनीमा एक कार्यक्रमको आयोजना गरि विदाई गरिएको स्थानीय जनगणना अधिकारी टेकनाथ पराजुलीले जानकारी दिए।
यस पटकको जनगणनावाट वडागत घरपरिवारको आर्थिक अवस्था , सामाजिक, कुन परिवारमा कतिजना, परिवारमा कतिजनाको बैंकमा खाता खोलेका छन्, ऋण लिएका छन् वा छैनन , सरकारी अनुदानमा बनेका घर, ब्याबसायिक, प्राविधिक शिक्षा तालिम, बसाइसराई , धर्म, लिङ्ग लगायत विविध कुराहरू जनगणनाबाट प्राप्त हुनेछ ।
जनगणनामा छुटेका व्यक्ति तथा परिवारले केन्द्रिय तथ्यांक विभागमा सम्पर्क गरी टिपाउन सक्ने जनाएको छ । विभागले यसअघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेता पनि कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसंगै जनगणना स्थगित गरेको थियो ।