Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

१२ वर्षभन्दा माथिका दीर्घरोगीलाई आइतबारदेखि फाइजर खोप लगाइने

१२ वर्षभन्दा माथिका दीर्घरोगीलाई आइतबारदेखि फाइजर खोप लगाइने

सिआईएन

२६, कार्तिक २०७८
१२ वर्षभन्दा माथिका दीर्घरोगीलाई आइतबारदेखि फाइजर खोप लगाइने
images

काठमाडौं, २६ कात्तिक । नेपालमा पहिलो पटक १२ वर्ष भन्दा माथिका दीर्घरोगी बालबालिकालाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाईदै छ । कोभ्याक्स सुविधा मार्फत अमेरिकाले उपलब्ध गराएको एक लाख मात्रा खोप देशभरका २४ वटा अस्पतालबाट लगाइने छ । 
स्वस्थ मानिसको तुलनामा दीर्घरोगीलाई कोरोना भाइरसले बढि असर गर्ने भन्दै सरकारले दीर्घरोगी र ज्येष्ठ नागरिकबाट खोप लगाउन सुरु गरेको थियो । धेरैजसो बयस्कहरुले खोप लगाईसकेका छन् । अब बालबालिकालाई लगाउन मिल्ने फाइजर खोप पहिलो चरणमा देशभरका दीर्घरोगी बालबालिकाबाट सुरु गरिंदै छ । यसले दीर्घ रोगी बालबालिकालाई कोरोना सङ्क्रमणबाट बचाउन मद्धत गर्ने बालरोग विशेषज्ञ डाक्टर अनवेश भट्ट बताउनुहुन्छ । 
नेपालमा खोप अभियान सुरु भएदेखि हालसम्म १ करोड ६२ लाख ३३ हजार १ सय ५५ मात्रा खोप लगाइएको छ । दुवै मात्रा पुरा गरेमा ९५ प्रतिशतसम्म प्रभावकारी हुने फाइजर खोपको पहिलो मात्रा आउँदो पर्सि आइतबार अर्थात कार्तिक २८ देखि मङ्सिर ४ गतेसम्म दीर्घरोगी बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो । 
फाईजरले विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारबाट समेत आकस्मिक प्रयोगका लागि अनुमति पाएको छ । खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको उपचार सम्बन्धी पुर्जा अनिवार्य लिएर सरकारले तोकेका अस्पताल जानुपर्नेछ । खोप काठमाडौँ उपत्यकाभित्रका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती सेवा अस्पताल, सहिद गंगालाल हृदय केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र उपत्यका बाहिरका १६ अस्पतालबाट लगाइनेछ । 

images
images

images
प्रकाशित मिति :कार्तिक २६, २०७८ शुक्रवार - ०८:५७:२५ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology