आँबुखैरेनी, २६ कार्तिक । लागु औषध मुद्दामा कैद सजाय तोकिएका फरार तनहुँ आँबुखैरेनीका २ जनलाई प्रहरी पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार फरार अभियुक्तलाई बिहिबार पक्राउ पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा तनहुँको आँबुखैरेनी गाउँपालिका २ सत्रसयका २५ वर्षीय बिजय गुरुङ र सोहि ठाउँका २६ वर्षीय बिजय अधिकारी रहेका छन्। उनीहरु दुवैलाई अदालतले तोकिएको कैद सजाय र जरिवाना भुक्तानको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।
आरोपित द्वयलाई अदालतले २०७४ साल असार १४ गते गरेको पैmसालामा लागु औषध मुद्दामा जनही १० दिन कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
यस्तै विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने क्रममा कर्तब्य ज्यान मुद्दामा फरार रहेका १ जना र गाली बेईज्यती मुद्दामा फरार १ जनालाई समेत पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।
उनीहरुलाई पनि तोकिएको जरिवाना र सजाय भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराईएको छ।