Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी देवघाटको दशौँ वार्षिक साधारण सभा  सम्पन्न

चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी देवघाटको दशौँ वार्षिक साधारण सभा  सम्पन्न

करिश्मा गुरुङ

२७, कार्तिक २०७८
चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी देवघाटको दशौँ वार्षिक साधारण सभा  सम्पन्न
images

देवघाट, २६ कार्तिक ।  तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ नयाँवस्तीमा रहेको चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

images
images

256416524_562637368197459_6327682941322200846_n.jpg

सहकारीले १० औ वर्षमा प्रवेश गरेकोमा हार्दिक बधाई दिदैँ कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका वडानम्वर ५ का वडाध्क्ष  यालवहादुर गुरूङले पछि गएर पछुताउनुको सट्टामा आजैदेखि बचत गर्ने बानी बसालै पछि बुढेसकालको सहारा पनि हो पछि गएर के हुन्छ त्यो थाहा हुदैँन भन्दै बचत गर्ने बानीलाई निरन्तरता दिनका लागि अनुरोध गरेका थिए। सहकारीले राम्रो गर्दै आईरहेको र समाजकामा पनि धेरै परिवर्तन आएको बताउदैँ सधैं यसैगरी उन्नति गर्दै अघि बढ्न अनुरोध गरेका थिए ।

सोही समारोहमा गुरूङले सहकारीमा आवद्ध सम्पूर्ण सेयर सदस्यहरूलाई विभिन्न आमा समुहमा वस्तुको सट्टा यसै सहकारीको सेयर सदस्य बनेर आफ्नो घरव्यवहार चलाउन आग्रह गरे ।

256452902_971028143763325_3095877894971279621_n.jpg

सो साधारण सभामा सहकारीका सम्पूर्ण सेयर सदस्यहरूको सहभागीता रहेका थिए भने सोही सहकारीका अध्यक्ष तारादेवी पन्तले वर्षभरिमा गरेका गतिविधिको प्रतिवेदन र अब सहकारीलाई अझ कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराए । 

कार्यक्रममा उत्कृष्ट बचतकर्ता सम्मान, सहकारीमा सबैभन्दा धेरै दूध ल्याउने कृषकलाई सम्मान र हाल सहकारीका अध्यक्ष लगाएत सम्पूर्ण अहिले सम्मका अध्यक्षहरूलाई सम्मान गरिएको थियोे । 

256444188_257293663111204_3515597481064116727_n.jpg

कार्यक्रम सोही सहकारीका व्यवस्थापक संगिता ओझाले सहकारीको बारेर प्रष्ट पारिएको थियोे । उनले सेयर सदस्यहरू अथाह मिहिनेत र परिश्रमले गर्दा नै यो कोभिड समयमा पनि सहकारीले राम्रो उपलव्धी गरेको बताए । कोभिडको समयमा पनि सहकारी बन्द गरिएन गाईवस्तुको लागि दानापानी पनि कहिल्यै रोकिएको थिएन् । ०७७र७८ को नाफा–नोक्सान हिसाब विवरण चालु । आवमा १४ लाख १६ हजार ४ सय ४५ रुपैयाँ ६१ पैसा र गत आवमा ३लाख ३१ हजार ७ सय १७ रुपैयाँ ९० पैसा रहेको छ । 

कार्यक्रममा महिला समन्वय समितिका भरतपुरका अध्यक्ष इन्द्र पौडेल, हेफर चितवन जिल्ला भरतपुर कलस्टर म्यानेजर कृष्णबबाबु कट्टेल लगायतले शुभकामना मन्तव्य सँगसँगै मन्तव्य पनि राखेका थिए । कार्यक्रम सहकारीका व्यवस्थापक संगिता ओझाले सञ्चालन गरेका थिए भने तारादेवी पन्तको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

images
प्रकाशित मिति :कार्तिक २७, २०७८ शनिवार - १०:१७:१६ बजे

करिश्मा गुरुङ

पत्रकार करिश्मा गुरुङ देवघाट सन्देश साप्ताहिक तनहुँमा सह–सम्पादक पदमा कार्यरत हुनुहुन्छ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology