Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

यस वर्षको भाईटिकाको उत्तम साईत ११ बजेर ३७ मिनेटमा

यस वर्षको भाईटिकाको उत्तम साईत ११ बजेर ३७ मिनेटमा

इच्छाकामना न्युज

३०, कार्तिक २०७७
यस वर्षको भाईटिकाको उत्तम साईत ११ बजेर ३७ मिनेटमा

काठमाडौँ, ३० कार्तिक । यस वर्ष भाइटीकाको उत्तम साइत मंसिर १ गते सोमबार बिहान ११ बजेर ३७ मिनेटमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

images

समितिका अनुसार कात्तिक शुल्क पक्ष द्वितीया सोमबार बिहान ९ बजेर १२ मिनेटबाट सुरु भई २ गते मंगलबार बिहान ७ बजेर ८ मिनेटसम्म रहेको छ तर मध्याह्नकालमा भाइटीका लगाउनुपर्ने धर्मशास्त्रको नियम भएकाले १ गते नै साइत राखिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले दिए ।

उनका अनुसार शनिबार चतुर्दशी र औंसी एकै दिन परेको छ । शुक्रबार मध्यरातदेखि शनिबार दिउँसो १ बजेर ४९ मिनेटसम्म चतुर्दशी तिथि रहेको र आइतबार बिहान ११ बजेर २७ मिनेटसम्म औंसी देखिएको ढुंगेलले बताए । चतुर्दशी तिथिमा पर्ने कर्म बिहान गर्ने चलन रहेकाले प्रायले कुकुर तिहार शनिबार बिहान मनाएका छन् । लक्ष्मीपूजा बेलुका गर्ने चलन रहेकाले शनिबार बेलुका लक्ष्मीको पूजा गरिएको छ ।

प्रतिपदा भने आइतबार बिहान ११ बजेर २७ मिनेटबाट सोमबार बिहान ९ बजेर १२ मिनेटसम्म देखिएको छ । गोवद्र्धन पूजा भने १२ बजेभित्र सम्पन्न गर्नसके उचित हुने र प्रतिपदाको साँझ नेवार समुदायले ‘म्हस् पूजा’ गर्न सक्ने उनले बताए ।

म्हस् पूजाको साइत आइतबार बेलुका ७ बजेर ८ मिनेटदेखि ९ बजेर २२ मिनेटसम्म रहेको पाटनका विभिन्न जातीय समाज र गोल्डेन टेम्पलका पुरोहितहरूले निकालेका छन् । प्रायस् नेवार समुदायले भाइटीका बेलुका गर्ने भएकाले आइतबार बेलुका ७ बजेर ५ मिनेटदेखि ९ बजेर १८ मिनेटसम्म साइत परेको पाटनका ताम्राकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्राकारले बताए ।

 

images
प्रकाशित मिति :कार्तिक ३०, २०७७ आइतवार - ०९:४३:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology