Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नेपाली काँग्रेसमा महाधिवेशनको मितिका विषयमा नेताहरूबीच मत विभाजन 

नेपाली काँग्रेसमा महाधिवेशनको मितिका विषयमा नेताहरूबीच मत विभाजन 

सिआईएन

३, मंसिर २०७७
नेपाली काँग्रेसमा महाधिवेशनको मितिका विषयमा नेताहरूबीच मत विभाजन 

काठमाण्डौ, ३ मंसिर । नेपाली काँग्रेसमा १४ औं महाधिवेशनको पूर्वनिर्धारित मिति सार्ने विषयमा नेताहरूको मत विभाजित भएको छ। पार्टीको संस्थापन र तेस्रो पक्षले पूर्वनिर्धारित तालिका प्रभावित भइसकेकाले महाधिवेशनको मिति सार्नुपर्नेमा जोड दिइरहेको छ। 
तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने महाधिवेशन सार्ने विषयमा मन्जुर छैन। फागनु ७ देखि १० भित्रको लक्ष्य भेटाउन असार २५ देखि साउन मसान्तसम्ममा क्रियाशील सदस्यता वितरण र नवीकरण गरिसक्नुपर्ने थियो। तर अहिले दुवैको ५० प्रतिशत काम पनि सम्पन्न भएको छैन। 
यस्तो अवस्थामा महाधिवेशन सार्नु पर्ने तर जेठ भन्दा पछाडी लैजान नहुने नेता डा. शेखर कोईरालाले सीआईएनसँग बताउनुभयो। सभापति देउवानिकट पदाधिकारी भने जेठमा समेत महाधिवेशन गर्न नसकिने निष्कर्षमा छन्। क्रियाशील सदस्यता टुंग्याउनका लागि नै लामो समय लाग्ने भएकाले महाधिवेशन भदौमा गर्न उपयुक्त हुनेमा उनीहरुको जोड छ।

images

images
प्रकाशित मिति :मंसिर ३, २०७७ बुधवार - ०९:५३:१८ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology